पछिल्लो २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन
नेपालबहस संवाददाता
भदौ २६, २०७८ शनिबार २३:३६:२२
२६ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २७ हजार ३५५ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १३ रहेका छन् । नेपालमा संक्रमणको दर १९।३ प्रतिशत रहेको छ ।
यस्तै आज संक्रमणबाट एक हजार ३६८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल सात लाख ३८ हजार ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित निको हुन थालेपछि नेपालमा संक्रमणमुक्त हुने दर ९५।१ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै देशभर ४५६ जना सघन उपचार कक्ष ‘आइसियु’, १२२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६४७ संस्थागत आइसोलेसन र ३१७ कोरोना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार