गोशाला नगरपालिकाले दिनहुँ ४५ हजार इन्धनमा खर्च गर्ने गरेको खुलासा
नेपालबहस संवाददाता
भदौ २६, २०७८ आइतबार १:१०:०
२६ भदौ, जनकपुरधाम । महोत्तरीको एउटा स्थानीय तहले दिनहुँ ४५ हजार भन्दा बढी रकम इन्धनमा खर्च गर्ने गरेको पाइएको छ । गोशाला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १ करोड ६६ लाख ६२ हजार २ सय ४ रुपैयाँ इन्धनमा मात्र खर्च गरेको महालेखापरीक्षकको ५८औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्वन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारीसाधनको इन्धन, मर्मत खर्चमा एक रुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु, सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्ने तथा सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहेको छ । तर, उक्त व्यवस्थाको अवेज्ञा गर्दै जनप्रतिनिधि तथा सो नगरपालिकाका कर्मचारीले डेढ करोडभन्दा बढी रकम इन्धनमा खर्च गरेको पाइएको हो ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार जनप्रतिनिधिले इन्धनमा १७ लाख ५६ हजार ९४१, कार्यालय प्रयोजनमा १ करोड ४८ लाख ३३ हजार ८७८ र अन्य प्रयोजनमा भन्दै ७१ हजार ३८५ रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेखसमेत राखेको छैन ।
आर्थिक वर्ष २०७६/७७ मा गौशाला नगरपालिकाको १ अर्ब ४२ करोड ७७ लाख १७ हजारको लेखापरीक्षण गर्दा १८ करोड ७९ लाख २० हजार रुपैयाँ बेरुजु आएको छ । लेखामा अनियमित रुपमा गरिएको खर्चलाई नै बेरुजु भनिन्छ । महालेखापरीक्षकको कार्यालयले बेरुजु देखिएको रकममध्ये १ करोड ६ लाख २० हजार रुपैयाँ असुल गर्नुपर्ने जनाएको छ ।
त्यस्तै नगरप्रमुख शिवनाथ महतो र आशा लामासहितका पदाधिकारीले मापदण्ड विपरीक्ष सेवा सुविधासमेत लिएको लेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ । आव २०७६/७७ मा पदाधिकारीहरूले मापदण्ड विपरीत ९७ लाख २५ हजार ५ सय रुपैयाँ बुझेका छन् । पालिकाले पदाधिकारीको मासिक पारिश्रमिक सुविधा वापत श्रावणदेखि आश्विनसम्म २४ लाख ७ हजार र मासिक अन्य सुविधा वापत ७३ लाख १८ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ को दफा ३ मा स्थानीय तहका पदाधिकारी सदस्य र सभाको सदस्यले आफू निर्वाचित भई अनुसूची–२ बमोजिम पद तथा गोपनीयताको शपथ लिई आफ्नो पदको काम कारबाही सुरु गरेको मितिबाट मासिक सुविधा वापत पाउने व्यवस्था गरेकोमा सर्वोच्च अदातलको आदेशले २०७६ कार्तिक १ गते बाट लागू हुने गरी उक्त सुविधा खारेज गरेको छ ।
जसअनुसार प्रदेश २ सरकारले २०७७ असाढ ३२ मा राजपत्रमा प्रकाशन गरेको उक्त पदाधिकारी सुविधा सम्बन्धी ऐनको अनूसूचिमा उल्लेख भएको सूविधामात्र दिन मिल्ने देखिन्छ । जसबाट स्थानीय तहका पदाधिकारीहरूले मासिक पारिश्रमिक वापतको सूविधा पाउने देखिदैन । यद्यपी जनप्रतिनिधिले पारिश्रमिक तथा अन्य सेवा सुविधा वापत लाखौं रूपैया बुझेका छन् ।
त्यस्तै नगरपालिकाका कर्मचारीले नगरभित्रै गरेको भ्रमणको समेत रकम बुझेका छन् । भ्रमण खर्च नियमावली, २०६४ अनुसार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिन सकिने उल्लेख छ । तर, त्यसलाई वेवास्ता गर्दै नगरपालिकाले १० लाख ५३ हजार १ सय २५ रुपैयाँ भुक्तानी गरेको छ । एकै दिनमा गएर फर्कन सक्ने गौशालादेखि जनकपुरधामसम्म गरेको भ्रमणको समेत भ्रमण रकम भुक्तानी भएको छ ।
नगरपालिकाले नगरभित्रको भ्रमण वापत ८ लाख ७९ हजार ९२५ र अनुगमण मुल्यांकन वापत १ लाचख ७३ हजार २ सय भुक्तानी गरेको छ । यद्यपी भ्रमण र अनुगमनको अभिलेख व्यवस्थित राखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार