प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाइने : डब्लुएचओ
नेपालबहस संवाददाता
भदौ २८, २०७८ मंगलबार १:२८:५६
२८ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय सञ्चालनलाई सुरक्षित बनाउँदै ‘प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयु बनाइने संकल्प गरेका छन् । ‘स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवर्द्धन गर्न र कुनै पनि समाजको दिगो विकासका लागि जनशक्तिको विकास गर्न विद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।
स्वस्थ विद्यालयहरूबाट विशेष आवश्यकता भएका बालबालिकाहरूसहित सबै सामाजिक, ‘आर्थिक पृष्ठभूमिका बालबालिकाहरू लाभान्वित होउन् भन्नका लागि हामीलाई समग्र सरकार पद्धतिको आवश्यकता पर्छ,’ क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै एब्लुएचओ दक्षिणपूर्वी क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन् ।
विद्यालय स्वास्थ्य तथा स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयहरूलाई पुनरुत्थान गर्ने संकल्प प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरूले महामारीका कारण बन्द भएको विद्यालयका कारण कलिला बालबालिका र किशोरकिशोरीहरूको सिकाइ, वृद्धिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरेका थिए ।
सदस्य राष्ट्रहरूले विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः खोल्ने तथा महामारीको दौरान पनि सुरक्षित तरिकाले संञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा विचार विमर्श गरेका थिए ।
भदौ २१ देखि २५ गतेसम्म गरी पाँच दिनसम्म चलेको क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआइभी तथा यौनजन्य सङ्क्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भएका छन् ।
क्षेत्रीय कार्यकारी समितिको बैठकको अन्य विशेषताहरूमा सदस्य राष्ट्रहरूले मन्त्रिस्तरीय बैठकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न महामारीबाट शिक्षा लिने र स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ बनाउने गरी घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार