मोनाङ्कको शतकमा नेपाललाई अमेरिकाको मध्यम टार्गेट
नेपालबहस संवाददाता
भदौ २८, २०७८ मंगलबार १:५७:४४
२८ भदौ, काठमाडौं । मोनाङ्क पटेलको शतक मद्धतमा अमेरिकाले नेपाललाई आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत २२३१ रनको टार्गेट प्रस्तुत गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्कको शतक मद्धतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो ।
टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ब्याट्सम्यान तथा विकेट किपर मोनाङ्क पटेलले सर्वाधिक १०० रन बनाए । मोनाङ्कले ११४ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरेका थिए । मोनाङ्कलाई नेपालका विक्रम शोबले १०० रनमा कुशलको हातबाट क्याच आउट गराएका थिए ।
यस्तै, निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए ।
टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले सर्वाधिक २-२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै, १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए ।
अर्का तीब्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए । विक्रमले अमेरिकाका मोनाङ्कलाई १०० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यता, कुशल मल्ले समान १-१ विकेट लिए । १६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए । सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए ।
नेपालका करण केसी महँगा सावित भए । ५ ओभर बलिङ गरेका करणले बिनाविकेट ४१ रन खर्चिएका थिए । यस्तै, सोमपाल कामीसमेत विकेटविहीन रहे । ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए । नेपालले अमेरिकालाई अतिरिक्त ७ रन दिएको थियो ।
यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपालले दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो ।
लिग-२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले शृंखला गुमाउने नेपाल क्रिकेट संघ ‘क्यान’ले जनाएको छ ।
विश्वकप लिग-२ अंक तालिका
नेपाल ४ खेलमा २ जीत र २ हारसहित ४ अंकका साथ छैटौँ स्थानमा छ । ओमान १० खेलमा ८ जीत र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ जीत र ६ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपाली टोली :
ज्ञानेन्द्र मल्ल ‘कप्तान’, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार