बन्ने भयो रणनीतिक मार्गको ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली सडक
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार १२:३०:१२
जितेन्द्र थापा
२९ भदौ, दैलेख । आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यले २०६४ देखि संचालन भएको रणनीतिक मार्गको ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली-मटेलाअन्तर्गतको भैरवस्थान-प्याडुल्ली सडकखण्डको विवाद सुल्झिएको छ ।
क्षेत्र नम्बर-२ का तीन नगरपालिका र दुई वटा गाउँपालिकाको विकासको मेरुदण्डका रूपमा हेरिएको यो सडक विवाद समाधान भएर सर्भेको काम पूरा भएको ठाटीकाँध- २ का वडा अध्यक्ष रूपलाल विश्वकर्माले बताए ।
२०६४ सालमा आठबिसबाट कामको सुरुवात भएको थियो । पहिलो वर्ष ७४ लाख रुपैयाँ बजेट विनियोजित थियो यसका लागि । त्यसपछि ट्र्याक खोल्ने काम हुँदै आएको थियो । ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली-मटेला सडकखण्डमा ठाटीकाँध २ र १ वडाबीच विवाद भएपछि ट्र्याक खुल्न सकेको थिएन ।
पहिले ठाटीकाँध-पीपल चौतारा-प्याडुल्ली लैजाने भन्ने वडा २ का वडा अध्यक्ष रूपलाल विश्वकर्मा र गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको योजना र भैरवस्थान छुट्याएर प्याडुल्ली हुँदै ट्र्याक खोल्न नदिने भन्ने १ नम्बर वडाबासीले विवाद गर्दा विवादमै काम अड्किएको थियो । विवाद समाधानपछि अहिले ठाटीकाँध-भैरवस्थान-खातीगाउँ-प्याडुल्ली हुँदै मटेला जोड्ने सहमति भएको ठाटीकाँध गाउँपालिका-२ का वडा अध्यक्ष विश्वकर्माले बताए । ‘खातीगाउँ-प्याडुल्ली हुँदै मटेला जोड्ने सहमतिपश्चात् सर्भेको काम सकिएर डीपीआरसहितको माटो जाँचसमेत भइसकेको छ’, उनले भने ।
दैलेख क्षेत्र नं-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढाले सो सडकको अवधारणा २०६४ सालमा सभासद हुँदा ल्याएका थिए । त्यसबेला जिल्ला सदरमुकामदेखि सिधै पश्चिम क्षेत्रका सबै ठाउँलाई जोडेर सो क्षेत्रको आर्थिक विकास र प्रशासनिक सडकले टेवा पुर्याउने लक्ष्य थियो ।
ट्र्याक खोल्नै १४ वर्ष बित्यो
२०६४ सालमा आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यसहित दैलेख सदरमुकाम(राकम कर्णाली जोड्ने छोटो मार्गको रूपमा काम अघि बढेको थियो । त्यसबेला क्षेत्रीय सडकको रूपमा अघि बढेको सडकको हालसम्म खण्डखण्डमा ट्र्याक खोल्ने र एकसरो कच्ची सडकमा सीमित छ ।
पहिलो वर्ष सडकले ७४ लाख रुपैयाँ पाएपछि राकम-तिलेपाटा आसपास क्षेत्रसम्म ट्र्याक खोलिएको थियो । त्यसबेलामा प्रतिनिधिसभा सांसद राजबहादुर बुढा सभासद् थिए । ट्र्याक खोल्ने कार्य अझै जारी छ । देश संघीय संरचनामा आइसक्यो तर उक्त सडकको स्तरोन्नति हुन सकिरहेको छैन । सडकमा पूर्ण रूपमा सानातिना गाडी चल्न सक्ने अवस्था पनि नभएको स्थानीय बताउँछन् ।
सुरुवातदेखि हालसम्मको अवधिमा चार पटक शीर्षक बदलिएको छ । २०६४/०७० सम्मको अवधिमा केन्द्रबाट दुई पटक सडकको शीर्षक नै हटाइएकको सांसद राजबहादुर बुढाले बताए । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए र सडकको शीर्षक परिर्वतन भएर प्रशासनिक मार्गको रूपमा समेटियो । अहिले तीनवटा नगरपालिका र दुईवटा गाउँपालिका जोड्ने रणनीतिक मार्गका रूपमा चिनिन्छ, जसमा नारायण नगरपालिका, भैरवी गाउँपालिका,चामुण्डाविन्द्राशैनी नगरपालिका ठाटीकाँध गाउँपालिका र आठबिस नगरपालिका गरी तीनवटा नगरपालिका र दुईवटा गाउँपालिका जोड्ने रणनीतिक मार्गका रूपमा चिनिन्छ ।
सडकले गति लिन नसक्नुको मुख्य कारण राज्यबाट बजेट उपेक्षित मात्रामा आउनु देखिएको छ । सडकमा कहिले एक, कहिले दुई करोड रुपैयाँ त कहिले केन्द्रबाट शीर्षक नै हटाउने गरिएकाले कामले गति लिन नसकेको सरोकारवालाको भनाइ छ । गत आर्थिक वर्ष २०७७/०७८ देखि यो सडकलाई ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ शीर्षकमा समेटिएको दैलेख क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद बुढाले बताए ।
हालसम्म चामुण्डाविन्द्राशैनी नगरपालिकाअन्तर्गत पर्ने बुडेली(हाडाको(मटेलासम्मको नयाँ ट्र्याक खुलिसकेको छ । बुडेली मटेला ठाटीकाँधको सडक स्तरोन्नतिका लागि एक सांसद एक क्षेत्र नम्बरअन्तर्गत स्तरोन्नतिका लागि एक करोड २० लाख रुपैयाँ छुट्याइएको सडक डिभिजन कार्यालय सुर्खेका इन्जिनियर तुलाराम शर्माले बताए । सांसद विकास कोष कार्यक्रमअन्तर्गतको १७६ शीर्षकमा एक करोड २० लाख रुपैयाँ विनियोजित रकम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार