सेवाग्राहीसँग पैसा मागेपछि स्थानीय तहमा अख्तियारको छापा
नेपालबहस संवाददाता
भदौ २९, २०७८ बुधबार ०:१०:२
कुलप्रसाद काफ्ले
२९ भदौ, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका–२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर–२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो ।
उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न सिफारिसमा वडाध्यक्षले सेवाग्राहीसँग पैसा मागेको भन्ने उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
‘वडाध्यक्षले गर्ने विभिन्न सिफारिसमा सेवाग्राहीसँग पैसा मागेको र बाहिर समाचार आएपछि फिर्ता गरेको । एउटै आयोजनामा दोहोरो भुक्तानी दिएको भन्नेजस्ता छ सातवटा उजुरी परेको छ’, उनले भने । कागजपत्र संकलन गरेर लगेपछि त्यसमाथि थप अनुसन्धान गरिने उनले बताए ।
‘वडाध्यक्षको सम्बन्धमा धेरै उजुरी आएका थिए’, उनले भने, ‘उजुरी धेरै नै परेको हुनाले फिल्डमा नै गएर उजुरीसँग सम्बन्धित् कागजपत्र उठाएका हौँ ।’ वडाध्यक्ष भुजेलले आर्थिक लाभ लिएर अंशबण्डा गरिदिएको भन्ने आरोपमा उनी विवादमा तानिएका थिए ।
राप्ती नगरपालिकामा पनि छापा
औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले राप्ती नगरपालिकाको कार्यालयमा पनि छापा मारेको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाले दिने निःशुल्क औषधीको खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा त्यसको अनुसन्धानका लागि एउटा टोली खटिएको उनले बताए ।
‘सरकारले दिने निःशुल्क औषधिको खरिदमा अनियमितता भएको भन्ने उजुरीपरेपछि हाम्रो टोलीले अनुसन्धानका लागि कागजपत्र संकलन गरिरहेको छ । टोली अझै केहीदिन चितवनमै हुनेछ’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्रष्टाचार गर्दिन भन्थे, ललिता निवास प्रकरणसँग जोडिएर जग्गा दान लिए
असोज ३०, २०८१ बुधबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार