कम्युनिस्ट भएपछि हामीलाई कसैको डर छैन : अध्यक्ष गोन्जालो
चन्द्रमणि गौतम
भदौ २९, २०७८ बुधबार १:५८:३४
‘कमरेड गोन्जालो’ ‘१९३४–२०२१’ नामले नेपालका कम्युनिस्ट ‘खासगरी ‘जनयुद्ध र वर्गशत्रु सफाया’ भन्ने माओवादी रणनीतिका नाममा व्यक्तिहत्याद्वारा परिवर्तनको विश्वास गर्ने’ हरूका ‘महान नेता’को हालै दक्षिण अमेरिकी मुलुक पेरूको एक अस्पतालमा बन्दी अवस्थामा मृत्यु भयो ।
सन् १९६९ ‘वि.स.२०२६’ मा पेरुको कम्युनिस्ट पार्टी ‘द साईनिङ् पाथ’ ‘चम्किलो बाटो’ स्थापना गरेपछि उनलाई १९९२ मा देशद्रोह र आतंकी क्रियाकलापको अभियोगमा गिरफ्तार नगरुन्जेलसम्म साईनिङ्पाथलाई संस्थापक अध्यक्षको रुपमा नेतृत्व दिईरहे । उनैको भूमिगत नेतृत्वमा १९८० देखि पेरुमा आदिवासीहरूलाई उचालेर ‘जनयुद्ध’को नाममा गृहयुद्ध मच्चाईयो ।
पेरुको गैरकम्युनिस्ट सत्ता, भ्रष्टाचार, दण्डहिनताका साथै दूरदराजमा बसोबास गर्ने आदिवासीबीच राज्यको ध्यान, दृष्टि र सुविधाबाट बञ्चित भएको स्थितिलाई गोन्जालोले आफ्नो अवसरको रुपमा लिए । छापामार दस्ता गठन गरे ।
आदिवासी र किसानहरूलाई उचालेर राज्यसत्ता हत्याएर आमूल परिवर्तन गर्ने कटिबद्धताले विश्वास दिलाए । तर यिनको छापामार दस्ताको कार्यशैली अमानवीय, क्रुर र अतिवादी भएकोले प्रत्युत्पादक भयो, विद्रोह बढ्यो । ‘टुपाक अमारु’ जस्ता अन्य वामपन्थी विचार समुहलाई समेत साइनिङ्पाथका छापामारहरूले सहेनन् ।
१९८३ मा ६९ निर्दोष तथा निहत्था मानिसहरूको सामुहिक नरसंहार तथा १९९२ मा राजधानी लिमा शहरको अतिव्यस्त ब्यापारिक केन्द्रमा बम विष्फोटको घटनाबाट त साइनिङ् पाथ मुलुकभरि नै बदनाम भयो । थियोडर डल्रिम्पल नामक एक पत्रकारले त साईनिङपाथको क्रुरतालाई कम्बोडियामा खमेर रुजको भन्दा कठोर भनी उल्लेख गरेका थिए ।
१९९२ मा तत्कालीन जापानी मूलका राष्ट्रपति अल्बर्टो फुजीमोरीले आतंकवाद विरोधी निर्देशिका जारी गरी गोन्जालो सहित ८ जनालाई पक्राउ गर्नुका साथै प्रहरीले उनको कम्प्युटर पनि जफत गर्यो, जसबाट धेरैवटा तथ्य पत्ता लाग्यो– करिब साडेतेइस हजार सदस्य, २३५ थान रिभोल्भर, ५०० राईफल ३०० जति बम आदि पदार्थ । यहाँसम्म कि अमेरिकामा लागु–औषध निर्यात गर्ने पेरुको ड्रग माफियाबाट साइनिङ्पाथले नियमित रुपमा आर्थिक सहयोग पाउनेगरेको पनि पत्तो लाग्यो, जुन कुरा राष्ट्रपति फुजीमोरीले टाईम म्यागाजिनसँगको अन्तर्वार्तामा बताएका थिए ।
पेरुको कलेजमा दर्शनशास्त्रका प्रोफेसर भईसकेका, स्पेनी मूलका ‘अध्यक्ष गोन्जालो’ को पूरा नाम मानुएल रुब्येन अबिमाएल गुजमान रेइनोसो हो । उनी एक धनाड्य व्यापारीका गैरहकवाला ‘शारीरिक सन्तान’ ‘बायोलोजिकल चाइल्ड’ थिए । गोन्जालोकी आमाजस्ता जम्मा ५ महिला ती ब्यापारीका ‘रखौटी’ र तिनका गोन्जालो जस्तै ८ अवैध छोराछोरी थिए । विद्यार्थी जीवनभरि गोन्जालो अनुशासित, लजालु, लगनशील र एकोहोरो स्वभावका थिए ।
गोन्जालो पेरुको कम्युनिस्ट पार्टीबाट विद्यार्थीकालमै प्रभावित तथा आकर्षित भईसकेका थिए । प्रारम्भमा उनको ‘साईनिङ्पाथ पार्टी’ पेरुका विश्वविद्यालय युवाहरूमा केन्द्रित थियो । उनले विद्यार्थीकालमै त्यहाँको एक आदिवासी कुवेचुवाको भाषा सिके । चिनिया सांस्कृतिक क्रान्तिको क्रममा माओ विचारधाराबाट प्रभावित गोन्जालोले चीनको भ्रमण ‘१९६५’ गरे । गत जुलाईदेखि बन्दी अवस्थामा उनलाई सञ्चो थिएन । उनले खाना खान छोडिसकेका थिए । यही ११ सेप्टेम्बर ९२६ भदौ० मा ८६ वर्ष उमेरमा उनको मृत्यु भयो, जुन दिन अमेरिका आतंकवाद विरुद्धको दिवस मनाईरहेको थियो ।
पेरु
दक्षिण अमेरिकी महादेशको पश्चिमवर्ती र विश्वको उन्नाईसौं तथा दक्षिण अमेरिकाको तेस्रो ठूलो र मानव विकास सूचकांक ९ज्म्क्ष्० मा ८२ औं स्थानमा रहेको मुलुक र १८२४ मै स्वाधीनता हासिल गरेको गणतन्त्र पेरू अनेकौं प्राचीन संस्कृति र सभ्यताको घर हो । ३ करोड ३० लाख भएको पेरुमा सन् १५५१ मै सान मार्कोस नेशनल युनिभर्सिटी स्थापना भएको थियो भने यसको ज्ञानको अन्दाज गरौं ।
यसका मूख्य आर्थिक गतिविधिमा खानी, औद्योगिक उत्पादन, कृषि, माछा मार्ने, दूरसञ्चार तथा जैविक प्रविधि आदि हुन् । सरदर प्रतिव्यक्ति आय साडे एघारहजार डलर ‘विश्वमा १०३ औं स्थान’ भएको पेरु ऐतिहासिक मुलुक हो ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार