त्रिकोणात्मक एकदिवसीय खेलमा ओमानद्वारा नेपाल पाँच विकेटले पराजित
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १२:४३:२५
३० भदौ, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।
मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो ।
ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे । विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए । ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए ।
नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए । १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए । यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए ।
उनी सर्वाधिक महँगा बलर बने । चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए । एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् । यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए ।
सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार
कर्णालीले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य
मंसिर २८, २०८१ शुक्रबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
मंसिर २८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने
मंसिर २८, २०८१ शुक्रबार
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री
मंसिर २८, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य घट्यो, प्रतिताेला कति ?
मंसिर २८, २०८१ शुक्रबार
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार