संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार २०:१६:४८
सीपी लोहिया
३० भदौ, बैतडी । नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्याउने गरी कार्यक्रम जारी राखेको छ । गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ ।
अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले न्युज कारखानालाई बताए ।
६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए ।
आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुने छ भने मंसिरमा महाधिवेशन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार