अछाममा घर तथा घरपरिवार सूचीकरण कार्य सुरु
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार २०:१९:१०
कल्पना बोहरा
३० भदौ, अछाम । अछाममा राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण कार्य सुरू भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य बुधबारदेखि सुरू भएको हो ।
राष्ट्रिय जनगणना २०७८ को परिमार्जित कार्यतालिका अनुसारै ८२ जना सुपरीवेक्षकलाई घर तथा परिवार सूचीकरण कार्यमा खटाएको जिल्ला जनगणना कार्यालय अछामका प्रमुख प्रकाश बिष्टले जानकारी दिए । उनका अनुसार दुई चरणमा सम्पन्न हुने राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचीकरण कार्य १८ असोजसम्म रहनेछ ।
सूचिकरण कार्यका लागि अछामका १० वटा पालिकामा ८२ जना सूपरीवेक्षक खटिएका छन् । ३० भदौदेखि १८ असोजसम्म २० दिनको अवधिमा सुपरीवेक्षकहरूले हरेक घरदैलोमा पुगेर घर तथा घरपरिवारको सूचीकरण कार्य गर्नेछन् ।
सूचिकरणका लागि साँफेबगर नगरपालिकामा ११ जना, मंगलसेन नगरपालिकामा ११ जना, पञ्चदेवल विनायक नगरपालिकामा आठजना, कमलबजार नगरपालिकामा आठजना, चौरपाटी गाउँपालिकामा आठजना, मेल्लेख गाउँपालिकामा आठजना, रामारोशन गाउँपालिकामा आठजना, तुर्माखाद गाउँपालिकामा आठजना, ढकारी गाउँपालिकामा ६ जना र बान्नीगढी जयगढ गाउँपालिकामा ६ जना गरी ८२ जना सुपरिवेक्षक हरेक वडामा एकैसाथ खटिने प्रमुख बिष्टले जानकारी दिए ।
त्यस्तै दोस्रो चरणको कार्यक्रम कात्तिक २५ देखि ९ मंसिरसम्म संचालन हुनेछ । यसअघि गत २५ जेठदेखि ८ असारभित्र सम्पन्न हुने गरी सुरू भएको जनगणना कोराना संक्रमण बढ्दै गएपछि २० वैशाखमा स्थगित गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार