बुटवलमा १ लाख जना अट्ने बहुउद्देश्यीय खुला मञ्च बन्दै

नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार २२:३४:२३

३० भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाको–११ मा १ लाख जना अट्ने बहुउद्देश्यीय खुलामञ्च बन्ने भएको छ।
बुटवल उपमहानगरपालिकाले बर्सेनि बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र मासिँदै गएपछि उपमहानगरपालिका–११ देवीनगरमा खुला मञ्च निर्माणको योजना बनाएको हो ।
उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएर सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुने गरी संरक्षण गर्न थालिएको छ । खाली र खुला ठाउँको अभाव महसुस भइरहेका बेलामा उपमहानगरपालिकाले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
करिब १४ बिघा क्षेत्रलाई समेटेर खुलामञ्च सम्बन्धी गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माण सुरु हुने गरी तयारी भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो ।
जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।
विभिन्न कार्यक्रम गर्न, सभा, सम्मेलन, समारोह गर्न मात्र नभई विभिन्न आपत्कालीन अवस्थाको उद्धार स्थलका रुपमा समेत उपयोग गर्न सकिने गरी खुलामञ्चको गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ ।
उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित पर्खाल निर्माणको काम आगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा बढाइने प्रमुख सुवेदीले जानकारी दिए ।
उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी इको इन्नोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रुपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिक टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव सङ्कलन गरिरहेको छ ।
गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसँग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडाध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहनुभएको छ ।
यस्तो बन्नेछ बुटवल खुलामञ्च
करिब १४ बिघा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइनेछ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइनेछ । मैदान प्रवेश र निकासका अलगअलग द्वार र आपत्कालीन द्वार बन्नेछन् ।
एकैपटक करिब आठ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्गमिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागामा आठवटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ र प्राथमिक उपचार कक्ष बन्नेछन् ।
खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहनेछ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहनेछ । खानेपानीका फिल्टरयुक्त ट्याङ्कीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपुर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताउनुभयो । उनले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताए ।
एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुला क्षेत्रको चौर रहनेछ भने त्यतिको सङ्ख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ । भीआईपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चारपाङ्ग्रे र करिब छ सय जति दुईपाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ ।
पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब रु २७ करोड लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार