असोज दोस्रो सातादेखि छैटौँ संस्करणको एनभिए च्याम्पियनसिप हुने
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार २३:१०:४९
३० भदौ, काठमाडौं । नेपाल भलिबल संघ ‘एनभीए’ले छैटौँ संस्करणको प्रतियोगिता असोज दोस्रो साताबाट सुरू हुने जनाएको छ । बुधबार एनभीएले पत्रकार सम्मेलन आयोजना गर्दै महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप १०–१६ असोजमा आयोजना हुने बताएको हो ।
संघले च्याम्पियनसिपबाट छनोट हुने टोलीबीच चैतमा महिला तथा पुरुष भलिबल लिग आयोजना गर्ने बताएको छ । ‘संघले नेपालमा भलिबलका खेलको व्यावसायिक विकासको लागि क्लब च्याम्पियनसीप अवधारणा अपनाइ यस क्लब च्याम्पियनसीपबाट उत्कृष्ठ सातवटा पुरुष र पाँचवटा महिला टिम रेनकिङको आधारमा छुटाई आगामी चैत्रमा आयोजना गरिने छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा सहभागी गराइने छ’, संघले भनेको छ ।
यस प्रतियोगितामा विभिन्न प्रदेशबाट पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, एपीएफ क्बल, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेश गरी १२ टिमको सहभागिता रहने छ ।
त्यस्तै महिलातर्फ होङवाइन्जी न्यू डाइमण्ड क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल, ढोरपाटन स्पोर्ट्स क्लब गरी ६ टिमको सहभागिता रहने छ ।
सघले विगतको वर्षभन्दा यसवर्ष थप पुरस्कार व्यवस्थापन गरी दुवै विधातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः चार लाख, दुई लाख र एक लाख रुपैयाँ प्रदान गरिने बताएको छ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई २५र२५ हजार रुपैयाँ र दुवै विधातर्फ उत्कृष्ट सरभर, लिंबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही १०र१० हजार रुपैयाँ प्रदान गरिने जानकारी गराइएको छ ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिता समापन गर्न ३८ देखि ४० लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् । उनले काठमाडौं महानगरपालिकाबाट प्रतियोगिता आयोजनाको लागि १५ लाख सहयोग भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार