घर वा अन्य निर्माण गर्दै हुनुहुन्छ, राम्रो सिमेन्ट कसरी चिन्ने ?
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १२:२६:१२
डा. कृष्णबहादुर रानामगर
चार भाग चुनढुङ्गा र एक भाग माटो मिसाएर सिमेन्ट बनाइन्छ । यी दुईको मिश्रणलाई तेह«सयदेखि पन्ध्रसय सेल्सियससम्मको तापक्रममा भट्टीभित्र पोल्ने काम गरिन्छ । यो तापक्रममा ती वस्तुहरू गलेर गोलो दानादार जस्तो क्लिन्कर बन्दछ । क्लिन्कर सेलाएपछि दुई, तीन प्रतिशत जिप्सम मिलाएर पाउडर जस्तै मसिनो हुने गरी मिलमा पिसेपछि सिमेन्ट तयार हुन्छ । जिप्समन मिसाए सिमेन्ट पानीसँग मिल्ना साथ तुरुन्तै कडा भएर जम्दछ जसले गर्दा निर्माण कार्यमा बालुवा र गिट्टीसँग घोल्ने या मिसाउने समय पुग्दैन ।
सर्वप्रथम सन् १८२४ मा बेलायतका डकर्मी जोसेफ अस्पडिनले सिमेन्टको आविष्कार गरेका हुन् । आफूले आविष्कार गरेको सिमेन्टको रंग र बेलायतको पोर्टल्यान्ड भन्ने ठाउँमा प्राकृतिक रुपमा छरिएर रहेका ढुङ्गाको रङ्ग मिल्दोजुल्दो भएकोले उनले सिमेन्टको अगाडि पोर्टल्याण्ड भन्ने शब्द राखेका हुन् ।
हाम्रो देशको बजारमा छ्यास छ्यास्ती पाइने पोर्टल्याण्ड सिमेन्ट त्रिचालिस ग्रेड र त्रिपन्न ग्रेडका हुन् । त्रिचालिस ग्रेडको मतलब अठ्ठाइस दिनसम्म जमेको सिमेन्टलाई एक वर्ग सेन्टिमिटर क्षेत्रमा चारसय किलोग्राम भारले थिचेमा मात्र फुट्छ भन्ने जनाउँछ । यसैगरी एक वर्ग सेन्टिमिटर क्षेत्रमा पाँच सय तीस किलोग्राम भारले थिचेमा मात्र फुट्ने सिमेन्टको नामहो पोर्टल्याण्ड सिमेन्ट त्रिपन्न गे्रड । चलन चल्तीमा त्रिचालिस ग्रेडको सिमेन्ट नै ज्यादा प्रयोगमा ल्याएको देखिन्छ ।
नेपालमा साना-साना सिमेन्ट कारखानाहरू दिनप्रति दिन च्याउ उम्रेजस्तै गरी देखा परेका छन् । सुरु-सुरुमा ज्यादै परिश्रम गरेर नेपाल गुणस्तर चिन्ह पनि प्राप्त गर्न सफल हुन्छन् । तर गुणस्तर चिन्हलिँदा कारखानाबाट उत्पादन गरेको सिमेन्ट जस्तै सँधैभरि उस्तै गुणस्तरको उत्पादन गर्ने काम भने बिलकुलै सजिलो छैन ।
यसको लागि स्वार्थ रहित भएर सँधै होसियारी साथ कडा परिश्रम गर्नु पर्दछ । तर यसको विपरीत उत्पादन कर्ताहरू गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने कार्यलाई वास्ता नगरी टेलिभिजन र रेडियोबाट नेपाल गुणस्तर चिन्ह पाएको भनेर आफ्नो सिमेन्टको बढाई चढाई आवश्यकता भन्दा बढी गरेर भजन गाउन थाल्दछन् । यही नै प्रवृत्तिले गर्दा सात दिन जमेको सिमेन्टमा एक वर्गसेन्टिमिटर क्षेत्रमा न्यूनतम दुईसय बीस किलोग्राम भारमा फुट्नु पर्नेमा केवल तेइस किलोग्राम भारमा नै सिमेन्ट स्याम्पल चकनाचूर भएको छ ।
तीन दिनमा न्यूनतम साठी किलोग्राम भारमा फुट्नुपर्नेमा उन्नाइस किलोग्राम भारमा नै फुटेको छ । कुनै सिमेन्टमा त सात दिनको परीक्षण नतिजा तीन दिनको भन्दा पनि कम आएको छ । दशौँहजार टन भन्दा पनि बढी यस्ता सिमेन्ट देशका विभिन्न निर्माण योजनाहरूमा नपुगेका होइनन्, तर ल्याबोरेटरीमा परीक्षण गरेपछि सबै सिमेन्ट फिर्ता गरेर उक्त निर्माण योजनाहरूमा पुनः गुणस्तरीय सिमेन्टको आपूर्ति गर्न लगाइएको प्रसङ्ग उदाहरणीय छ ।
ढलान गर्दा ओछ्याइएका फर्मा निकाल्दा छत झरेर झण्डै-झण्डै मरेको, सिमेन्टको पिलर वरिपरिको फर्मा निकाल्दा सिमेन्ट गिट्टी सबै घल्र्याम घुर्लुम भएर ढलेको र सिमेन्ट सात दिन सम्म पनि पटक्कै नजमेको जस्ता गुनासो सर्वसाधारणबाट बारम्बार सुनिँदै आएको छ । नक्कली सिमेन्टको बिग-बिगीले यो समस्या समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको हो ।
सिमेन्ट गुणस्तरीय छ कि छैन भनेर पत्ता लगाउन थुप्रै इन्जिनियरिङ् (प्राविधिक) परीक्षणहरू छन्, तर ती सबै सर्वसाधारण मानिसहरूको पहुँचबाट बाहिर छन् । यसैले सर्वसाधारण मानिसहरू जो कसैले पनि विना खर्च तुरुन्तै गुणस्तरीय सिमेन्ट हो कि होइन भन्ने पत्ता लगाउनको लागि गर्न सकिने केही साधारण परीक्षणका तरिकाहरू यहाँ प्रस्तुत गरिएका छन् ।
(१)सिमेन्टको ब्यागभित्र बीच भागमा हात पसाएर छाम्दा चिसो अनुभव भएमा सिमेन्ट ठीक छ, न्यानो अनुभव भएमा सिमेन्ट गुणस्तरीय छैन भन्ने बुझ्नुपर्दछ ।
(२) हाम्रो बूढीऔँला र चोर औँलाको बीचमा सिमेन्टको धुलो राखेर माड्दा चिप्लो र आनन्दको अनुभव हुन्छ । खस्रो अनुभव भएमा सिमेन्टमा बालुवा या गिट्टी बनाउने क्रसरबाट निस्केको ढुङ्गाको धुलो मिसाएको रहेछ भन्ने बुझ्नु पर्दछ ।
(३) गुणस्तरीय सिमेन्ट पानीमा मिलाएर बूढीऔँला र चोरऔँलाको बीचमा राखेर माड्दा च्याप्प च्याप्प लाग्ने हुन्छ ।
(४) गुणस्तरीय सिमेन्टलाई बाल्टीनको पानीमा खसाल्यो भने सबै डुब्दछ, पानीको सतहमा कत्ति पनि तैरिएर बस्दैन ।
(५) सिमेन्टलाई हातले छाम्दा गिर्खा भेटियो भने यस्तो सिमेन्टको जम्ने एवं भार थाम्ने शक्ति कम भइसकेको हुन्छ । हावामा आएको ओशबाट गिर्खा बन्न जान्छ । यो पुरानो र धेरै दिनसम्म भण्डार गरिएको सिमेन्टको लक्ष्यण हो । ताजा सिमेन्टमा यस्ता गिर्खा पाईँदैन ।
(६) सिमेन्टमा धेरै माटो या सिल्टको मिसावट गरेको भए यस्तो सिमेन्टलाई पानीमा मिसाएर बनेको लेदोलाई सुघ्दा ह्वास्स माटोको गन्ध आउँछ ।
(७) झट्ट हेर्दा गुणस्तरीय सिमेन्टको रङ्ग एकनासको हुन्छ ।
(८) तीनमुठ्ठी सफाबालुवा र एक मुठ्ठी सिमेन्टलाई पानीमा बुगुल्टो गरी मुछ्ने । बुगुल्टो गर्न हालेको पानी बालुवा र सिमेन्टमा राम्ररी मिसिएको हुनुपर्दछ । यो मिश्रणलाई विवाहमा खाने कसार जस्तो डल्लो बनाउने र हत्केलामा राखेर आफ्नो बलले भ्याएसम्म मुठ्ठी कस्ने । मुठ्ठी खोलेर थिचिएको सिमेन्ट मोर्टारलाई घाम नलाग्ने स्थान, कोठा या शितल ठाउँमा राख्ने र ठीक चौबिस घन्टापछि हातको नङ्ले बालुवाको कणलाई कोट्ट्याउने वाखुर्किने । गुणस्तरीय सिमेन्ट भए नङ्ले कोट्याउँदा बालुवाको कण उप्केर आउँदैन । यो सर्वसाधारण सबैले गर्नसक्ने अति नै भरपर्दो परीक्षण हो ।
(९) अहिले बजारमा पाइने सबै सिमेन्ट मध्ये हाम्रो देशको उदयपुर सिमेन्ट कारखानाले उत्पादन गरेको सिमेन्ट अति उच्च गुणस्तरको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार