नामर्द, हुतिहारा, पानीमरुवा र लाचार कांग्रेस नेतृत्वका बिरुद्ध गोलबद्ध बनौ
यज्ञप्रसाद भट्टराई
भदौ ३१, २०७८ बिहिबार १३:१५:२०
नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी छ । कांग्रेस नेता कार्यकता अहिले पार्टीको चौधौं महाधिवेशनमा जुटेका छन् । पटक पटक मिति सार्दै आफ्नो अबैधानिक आयु लम्ब्याउन पल्किएका पदलोलुप कांग्रेस नेतृत्वका लालचीहरुलाई महाधिवेशन नभैदिएको भए झनै हाईसञ्चो हुन्थ्यो तर लोकतन्त्रको पर्याय भनेर आफुलाई चिनाउन पछि नपर्ने नेपाली कांग्रेस आफ्नो बैधानिकता गुम्ने अवस्थामा पुग्नै लाग्दा समेत किञ्तित ग्लानी र असहजताको महशुससम्म गरेको देखिएन ।
आम कार्यकर्ताको दवाव र बिपक्षि दलहरुको विरोधको भार थेग्न नसक्ने अवस्था आएपछि लाचार भएर वर्तमान कांग्रेस नेतृत्वले पार्टीको वडा अधिवेशनको मिति तय गर्यो । केही जिल्लाका वडा अधिवेशनहरु सम्पन्न भए पनि अन्य धेरै जिल्लामा विदाद सृजना गराएर वडा अधिवेशनसम्म गर्नबाट पछि हटिरहेकोध छ वतर्मान कांग्रेस नेतृत्व । स्वयं प्रधानमन्त्रीकै गृह जिल्लामा देखिएको वडा अधिवेशनको दृष्यले वर्तमान पार्टी सभापति प्रति सिङ्गो कांग्रेसको हेर्ने दृष्टिकोणमा बदलाव देखिदै जान थालेको छ ।
आफ्नै दलभित्रको आन्तरिक प्रतिस्पर्धाबाट आउने नेतृत्वलाई समेत पचाउन नसक्नु वर्तमान कांग्रेसको नेतृत्व गरिरहेका नेताहरुको व्यवहार देख्दा नेपाली कांग्रेसमा प्रवेश गर्न चाहने र लोकतान्त्रिक मूल्य मान्यतामा समाहित हुन चाहने लाखौ नेपालीहरु समेत अहिले विलख बन्दमा परिरहेका छन् । कांग्रेसको नीति मन परे पनि कांग्रेसभित्रका नेताका ब्यवहारका कारण आम नेपाली जनताहरु कांग्रेससँग नजिक हुन सकिरहेका छैनन् ।
नेपाली कांग्रेसको महाधिवेशनवाट जुनसुकै ब्यक्ति आओस त्यसमा कुनै फरक परेन तर नेतृत्वमा निस्कलङ्क ब्यक्तिहरु आउन, नेपाली कांग्रेसको नेता भनेर गर्व गर्न लायक ब्यक्ति नेता बनेर आउन, जनताका दुस्ख र समस्यामा काँध थाप्ने हिम्मत र शाहस भएको ब्यक्ति नेतृत्व सम्हाल्न सक्ने नेताहरु आउन ।, जसले जनताका दु:खमा मल्हमपट्टी लगाउन सकुन ।, जनताबाट घृणा र तिरस्कार हैन सधै मायाँ र साथ पाउने नेतृत्वले कांग्रेसको बागडोर सम्हालुन । जसको आँखा, बिग्रिएको र भत्किएको स्कुल कलेज तर्फ ध्यान पुर्याउन ।
विकासका काममा भ्रष्टाचार भैरहेको कुरा बुझेर त्यसलाई न्युनिकरण गर्ने तर्फ बिचार पुर्याउन । घडेरी बिक्रि गरेर एउटै जग्गाबाट ५ जनाको उठिवास लगाउँदै कमिशन खाने दलालहरु नेपाली कांग्रेसको नेतृत्वमा कदापि नआउन । , भट्टीमा बसेर मुलुकले नै सम्मान गर्नुपर्ने पार्टीका अत्यन्तै आदरणीय नेताहरुप्रति कुण्ठा र दरिद्र बचनबाण नलाउन,भट्टिको रक्सी भन्दा झुपडीझुपडीको चिया मिठो मानेर खाउन, आज पनि जनताको समस्यामा सहयोग गरे भन्दै गर्वकासाथ घर आओस ।, हो हामि त्यस्तो नेता चाहान्छौ त्यो चाहे एकल ब्यक्ति होस, कुनै समुहको होस या सिङ्गो राष्ट्रको साझा सम्पत्ति होस ।
वर्तमानका राजनीतिक दलहरुमा नेतृत्व गरिरहेका नेताहरुका लागि जनताका कुरा केवल हात्तीको देखाउने दाँत मात्र हुन । पार्टीको महाधिवेशनमा भोट माग्न र संसदीय निर्वाचनमा टिकट हात पार्नका लागि घर घडेरी बेचेर राजधानी उक्लिने दलालहरु जनताका नेता हुनै सक्दैनन् । हामी त्यस्तो राजनीतिक संस्कारका विजारोपण गर्न चाहान्छौ जहाँ निमुखाले न्याय पाएको होस, अपराधीले सजाय पाएको होस । भ्रष्टाचारीहरुलाई पार्टीको साधारण सदस्यताबाटै बर्खास्त गर्न सकियोस ।
असहायलाई दुस्ख पर्दा असहाय जनताका लागि हाँसिहाँसी मर्न सकियोस । पद र पैसाको किञ्चित पनि प्रवाह नगरी केवल पार्टीको लागि अहोरात्र खटने ईमान्दार नेता तथा कार्यकर्ताको काखमा बस्न सक्ने हिम्मत पुगोस । जता गयो उतै जनताबाट पाउने साथ र मायाले गर्वले छाती फुलोस । हो हामी त्यस्तो कांग्रेस बनाउन चाहान्छौ जहाँ अन्यत्र पार्टीमा बिरक्त भएर बहकिएका, तिरस्कार सहेर बसिरहेका, नेतृत्वको घानीमा घुन पिसिएझै पिसिएका, उठनै नसक्ने गरि थिचिएका ईमान्दार नेता तथा कार्यकर्ताहरुको दु:ख बिसाउने चौतारी बनाउन चाहान्छौ । ईज्जतका साथ बस्न सक्ने ठुलो छाती बनाउँछौ ।
नेपालका सन्दर्भमा भने कांग्रेस, नेकपा दुवैको नेतृत्व तहका ब्यक्तिमा देखिएको विचार शुन्यताले भने उमेरसँगै विचारमा पनि शून्यता हुने रहेछ भन्ने कुराको पुष्टि हुँदैछ । पुस्तान्तरणको मुद्दा वास्तवमा पार्टीलाई बैचारिकरुपमा अगाडि बढाउनका निम्ति हुनुपर्ने हो । तर, आजको मितिमा पुस्तान्तरणको मुद्दा केवल नेतृत्वमा पुग्ने दाबी प्रस्तुत गर्ने बाहाना मात्रै बन्न पुगेकाे छ
महामानव बिश्वेश्वर प्रसाद कोईरालाले उ बेलामा कसरी बोल्न सके होलान कि नेपाली कांग्रेस सत्तामा गएपछि फेरि एकपटक पार्टी भित्रै अन्तर संघर्ष गर्नुपर्छ भनेर रु चिल्ला गाडी र सुकिलामुकिलाहरुले पार्टीभित्र एकछत्र हालिमुहाली गर्छन् भनेर ? अनि तिनै ब्यापारी र ठेकेदारहरुको हातमा पुगेको नेपाली कांग्रेसलाई जोगाउन पुनस् पार्टी भित्रका ईमानदार नेता तथा कार्यकर्ताहरुले अर्को संघर्ष गर्नु पर्छ भनेर रु किनकि उ वेलामा अहिलेकाजस्ता सेता, चिल्ला र महङ्गा कारहरु नै थिएनन् । तर अहिले नेपाली कांग्रेसभित्र वि.पी. ले भनेको यहि प्रवृत्ति बिरुद्ध लडनु परिरहेको छ ।
असल र ईमानदार नेता तथा कार्यकर्ताहरु चाहेर या नचाहेर यिनै व्यापारी र ठेकेदारीहरुका सामु नतमस्तक भएर झुक्नु परिरहेको छ । हो हामि यहि प्रवृत्तिका बिरुद्धमा छौ । एक्लै छौ, सयौ हुनेछौ, हजारौ अनि लाखौं हुनेछौ । हिजो अग्रजहरु जहानीया शासन बिरुद्ध लडे, निर्दलिय ब्यवस्था बिरुद्ध लडे, राजाको प्रत्यक्ष शासन विरुद्ध लडे हामि अहिले आफ्नै दलभित्रको अधिनायकबाद विरुद्ध लडिरहेका छौ । घुषखोरी, कालोबजारी र भ्रष्टाचारी नेतृत्व बिरुद्ध लडिरहेका छौ ।
हिजोसम्म हामिले साथ र हात दिएका हाम्रै नेताहरु अहिले बाटोबाटै गन्हाउन थालेपछि, हामीले ईमान्दार ठानेका नेताहरु नै राजधानीमा महल बनाउन थालेपछि, जनताको समस्या भन्दा अपराधीका अपराध ढाकछोपमै आफुलाई तल्लिन भएको नाङ्गो आखाले देखिन थालेपछि अब यिनिहरु नेपाली कांग्रेसको नेता मान्न योग्य छैनन, भ्रष्टाचारको आरोप लागेका, राष्ट्रको गहना हवाई बिमान र राष्ट्रको सम्पत्ति सरकारी जमिन बेचेर खाएको अभियोग लागेका, ब्यक्तिहरुलाई अब नेता मान्न सकिदैन यिनिहरु अपराधीहरु हुन । यस्ता अपराधीहरुलाई छानिछानी जेल हाल्न सक्ने, नयाँ र आशालाग्दा युवा नेतृत्व अब पार्टीमा उत्पादन गर्नुपर्छ । खियालागेका पार्टपुर्जा अब फेर्ने शाहस आँट गर्नु पर्छ सधै सासु र ज्वाईको अनि छोरो, छोरी र ससुरालीका लागि नेपाली कांग्रेसलाई उपयोग गर्न दिदैनौ भनेर आम नेता तथा कार्यकर्ताहरुले अब बोल्नैपर्छ ।
असल नेतृत्वले बिपक्षीदलहरुसँग मुकाबिला र प्रतिष्पर्धा गर्छ । हिम्मत हुनेले कांग्रेसको नीति र शिद्धान्त बुझाएर बिपक्षिको मत पनि आफ्नो पक्षमा पार्दै चुनाव जित्छ, हुतिहाराले आफै क्रियाशिल थप्छ अनि आफै हार्छु कि भनेर पुलिस र सेना लगाएर, सक्षम, ईमानदार र अनुभवले खारिएका नेता तथा कार्यकर्तालाई घेराबन्दीमा पारेर चुनाव गराउँछ, यस्ता नामर्द, हुतिहारा, पानीमरुवा र लाचार नेताले चुनाव जितेरै आए पनि कुन चाहिँ कार्यकर्ताले मन पराउँछ ?
नेपालमा पछिल्लो समय नेपाली कांग्रेस, नेकपालगायत अस्तित्वमा रहेका राजनीतिक दलभित्र मजबुतरुपमा उठ्दै आएको मुद्दा हो पुस्तान्तरण । तर, युवाहरुको उक्त मुद्दामा युवा स्वयं नै संगठित हुन नसक्दा नेतृत्वमा भने ७० को हाराहारीका नेता मात्रै पुग्दै आएका छन् । उमेरले परिपक्व हुँदैमा विचारमा शून्यता भैहाल्ने त होइन । तर, पनि नेपालका सन्दर्भमा भने कांग्रेस, नेकपा दुवैको नेतृत्व तहका ब्यक्तिमा देखिएको विचार शुन्यताले भने उमेरसँगै विचारमा पनि शून्यता हुने रहेछ भन्ने कुराको पुष्टि हुँदैछ । पुस्तान्तरणको मुद्दा वास्तवमा पार्टीलाई बैचारिकरुपमा अगाडि बढाउनका निम्ति हुनुपर्ने हो । तर, आजको मितिमा पुस्तान्तरणको मुद्दा केवल नेतृत्वमा पुग्ने दाबी प्रस्तुत गर्ने बाहाना मात्रै बन्न पुगेकाे छ अबकाे महाधिवेशनले याे कुराकाे अन्त्य गराेस् ।
कांग्रेस नेतृत्वमा पुग्ने ध्येय देशको भावी आमनिर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने हुनुपर्छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नेपालमा कम्युनिष्ट विस्तारलाई रोक्न अवसर पाएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार