कांग्रेसको चौधौँ माहाधिबेशनमा सभापतिको दौडमा डा. शेखर कोइराला
![यज्ञप्रसाद भट्टराई](
https://nepalbahas.prixacdn.net/media/albums/yagya_Bhattarai_2v6w3d0oyr.jpg
)
यज्ञप्रसाद भट्टराई
भदौ ३१, २०७८ बिहिबार १३:२३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/dr-shekhar-koirala_kSDNTRyTm4.jpg)
नेपाली कांग्रेस अहिले आफ्नै पार्टीको चौधौं महाधिवेशनको आन्तरिक क्रियाकलापहरुमा व्यस्त छ । विभिन्न जिल्लाहरुबाट क्षेत्रीय प्रतिनिधिहरु चुनिएर गाँउ तथा नगर अधिबेशनको तयारीमा सिङ्गो कांग्रेस जुटिरहेको हाे । क्रियाशिल सदस्यता विवाद रहेका जिल्लाहरूमा समेत धमाधम वडा अधिवेशनहरु सम्पन्न हुदैछन् । देशैभरिवाट वडा अधिवेशन सिध्याएर आगामी आश्विन ९ गते नगर र गाँउ अधिवेशन गर्ने गरि कांग्रेसले भर्खरै मात्रै आफ्नो बिधानमा संसोधन गरेको छ ।
कांग्रेसको पटक पटकको विधान संशोधनको कार्यले समयमै महाधिवेशन हुनेमा देखिएका आशंकाका खाडलहरु वडा अधिवेशनको आरम्भ सँगै केहि मात्रामा पुरिदै जान थालेका छन् । अब भने सिङ्गो कांग्रेस बृत्तमा आगामी २०७८ मंसिरमा नेपाली कांग्रेसको चौधौ महाधिवेशन सम्पन्न हुने आधारहरु तयार हुदैछन् । तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको चासो र चिन्ताको बिषय बनेको नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्व आउने अपेक्षा समेत गरिएको छ ।
नेपाली कांग्रेसभित्र अहिले पार्टी सभापतिमा देखिएका अनुहारहरुमा वर्तमान सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला , डा. शशांक कोइराला, विमलेन्द्र निधि, अर्जुन नरसिंह के.सी., रामचन्द्र पौडेल लगायतका शिर्षस्थ नेताहरु नै सभापतिको दौडमा देखिएका छन् । संस्थापन पक्ष र परिवर्तनको पक्षधर भन्दै यसपटक नेपाली कांग्रेसमा संभवत दुईवटा धारहरु मात्रै रहन सक्ने अनुमान गरिदैछ । आकांक्षीहरुको सभापतिको मोह कति लामो यात्रा तय गर्ने हो त्यो त भोलीका दिनले देखाउने नै छ ।
छनौट चरणको दौडमा पुग्नसक्ने, केहि सँग-सँगै दौडन प्रयत्न गर्ने प्रकृयामा कति चुनिने हुन र कति छोडिने हुन त्यो त भविष्यले नै बताउला तर वर्तमानको राजनीतिक जोड घटाउका आधारमा समिक्षा गर्नेहरुले भने नेपाली कांग्रेसको सभापतिको दौडमा शेरबहादुर देउवा र डा. शेखर नै चर्चाको शिखरमा रहेका उम्मेदवार बताउछन् ।
नेपाली कांग्रेसको बिगत तेह्रौ महाधिवेशनमा बरिस्ठ नेता रामचन्द्र पौडेललाई सघाएको कोइराला परिवार चौधौं महाधिवेशनमा भने आफै सभापति बन्ने दौडमा देखिएका कारण यस पटक बरिष्ठ नेता रामचन्द्र पौडेलको समुह अत्यन्तै कमजोर देखिने सम्भावना बढेर गएको छ । डा. शेखरको बिगत बर्षहरुदेखिकै देश दौडाहा र कार्यकर्ताहरुको चाहनाका कारण पनि यस पटकको सभापति डा. शेखर नै बन्ने दर्बिला आधारहरु खडा हुँदै गैरहेका छन् । देशलाई छिटो विकासको मार्गमा लैजान नसके नेपाली कांग्रेसको बिकल्प जनताहरुले खोज्न सक्ने तर्फ अत्यन्तै चिन्तित देखिनु हुन डा.शेखर विश्वेश्वर प्रसाद कोइरालाले परिकल्पना गरेको नेपाली कांग्रेस बनाउन जनताका समस्यामा किन गहिरिएर सहभागि हुन सकेनौं भनेर आत्माआलोचना गर्दै अगाडि बढनु पर्ने कुरामा जोड दिदै आएका छन् ।
नेपाली कांग्रेसलाई विपक्षिले भनेजस्तो बनाउने हैन विश्वेश्वरप्रसाद कोइराला र गणेशमानीले भनेजस्तो बनाउनु पर्छ । कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुले हिडाएको बाटोमा हिडाउनु पर्छ । शुशिल कोइरालाले जस्तो अदम्य शाहस देखाएर अबको नेपाली कांग्रेसलाई जनजनको प्यारो र भरोषा गर्न योग्य र लायक नेपाली कांग्रेस बनाउनु पर्छ भनेर नै अहिले डा। शेखर जनताका घर आँगनमा पुगिरहनु भएको छ ।
जबसम्म नेता र कार्यकर्ताका बिचमा दोहोरो सम्बाद गर्न सकिदैन तवसम्म संगठनलाई बलियो बनाउन सकिदैन । कार्यकर्ताहरुको भावना र चाहना अनुरुप नै हो पार्टीलाई अगाडि बढाउने । बिना कार्यकर्ताको नेता मात्रै बनेर काठमाण्डौमा बसेर भाषण गर्दैमा संगठन मजबुत हुँदैन यसका लागि आम कार्यकर्ताका घरघरमा पुगेर उनिहरुको समस्या र गुनासाहरुमा सरिक हुन सक्नु पर्दछ भन्ने विश्वेश्वरप्रसाद कोइराला कै राजनीतिक लाईनमा अहिले डा.शेखर उभिएका छन् । त्यसैले पनि उनलाई आगामी चौंधौ महाधिवेशनमा सभापति बन्ने बाटो खुल्दै गएको देखिन्छ । निरन्तरको जिल्ला दौडाहा र कार्यकर्ताको समर्थन प्राप्त गर्नुले पनि डा। शेखर प्रति कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको साथ र समर्थन बढदै गैरहेको देखिन्छ ।
सधैं नेपाली नागरिकको दुःखसुखमा साथ दिदैं आउन भएका कोइराला नेपालमा शिक्षा, स्वास्थ्यमा भएको व्यापारीकरणको बिरुद्धमा देखिनु भएको उनका भनाईहरु र विभिन्न कार्यक्रम हरुमा दिईएका अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ । डा.शेखर भन्छन् स्– मेरो चिन्ता के मा छ ? भनेर भन्नुहुन्छ भने मेरो चिन्ता नेपालको गरिवी र पछ्र्यौटेपनमा छ । मेरो चिन्ता नेपाली नागरिकहरुलाई कसरी महङ्गो र व्यापारीकरण हुदै गएको शिक्षालाई पूर्ण रुपमा निशुल्क बनाउने भन्नेमा छ ।
मेरो चिन्ता गरिव जनताले निर्धक्कका साथ सर्वशुलभ तरिकाले कसरी स्वास्थ्य सेवा पाउने वाताबरण बनाउन सकिन्छ होला ? भन्नेमा छ । मेरो चिन्ता किसानको उत्पादनले कसरी बजार पाउने बातावरण मिलाउन सकिन्छ ? भन्नेमा छ अनि मेरो चिन्ता अपराधिले सजाय र निमुखाले न्याय पाउने विश्वसनीय वाताबरण कसरी बनाउन सकिन्छ ? भन्नेमा छ ।
डा.शेखर अगाडि भन्छन, जीवनको उत्तरार्धमा अब मलाई कुनै व्यक्तिगत सम्पत्ति जम्मा गर्ने र कसरी राजधानीको मुटुमा आलिसान महल ठड्याउने भन्ने कुनै लोभ लालच र चाहना छैन । किसुनजीको त्याग र गणेशमानजीको समर्पणबाट आफुले ईमान्दारीताको राजनैतिक संस्कार सिकेको बताउनु हुँदै शुशिल दा’को झै निस्वार्थ राजनीति गरेर नेपाली जनताको मुहारमा खुसीको हाँसो देख्नु मात्रै आफ्नो एकमात्र अन्तिम लक्ष रहेको बताएका छन् । सभापति बन्दैमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने हैन भन्दै उनी ईमान्दारिताको राजनितिक सस्कार स्थापित गराउन सके देशमा आधा भ्रष्टाचार कम गर्न सकिने कुरामा भने आफु विश्वस्त रहेको बताउछन् । नेतृत्व तहमा ईमान्दारिता कायम गराउने नै आफ्नो पहिलो कर्तव्य हुने उनले बताएका छन् । राजनितिक नेतृत्वले ईमान्दारिताका साथ प्रस्तुत हुने हो भने देशको स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरु पनि आफै ईमान्दार हुन्छन् ।
कर्मचारीलाई भ्रष्टचार तर्फ अग्रसर गराएर बदनाम बनाउने पनि गलत राजनितिक अभ्यास नै हो भन्दै डा. शेखर भन्छन्, कर्मचारीहरु पनि कुनै समुन्द्रपारीको देशबाट दुईचार बर्ष काम गर्न नेपाल आएका पाहुना हैनन् हाम्रै देशका नागरिकहरु हुन । उनिहरुलाई आत्मसम्मान उच्च हुने खालका पुरस्कार र हौसलापूर्ण व्यबहार मात्रै नेतृत्व तहले गरि दिने हो भने कर्मचारीले सरकारलाई पूर्णरुपमा सहयोग गर्दछन् । कर्मचारीले ईमान्दारीताका साथ जनताका काम बिना कुनै झण्झट समयमै सम्पन्न गर्ने प्रकृया शुरु हुने बित्तिकै जनता र कर्मचारी बिचको सुमधुर सम्बन्ध स्थापित भैहाल्छ । यसका लागि पहिला ईमान्दार राजनैतिक नेतृत्वको जरुरी छ ।
देश बनाउन आर्थिक अभाव नभएको भन्दै नेता डा.शेखर भन्छन्, मात्रै जनता र सरकार बिचमा विश्वासको कमी रहेको छ । अबको नेपाली कांग्रेसको नेतृत्व अत्यन्तै ईमान्दार रहने र जनता, सरकार र कर्मचारीसँग त्रिकोणात्मक सम्बन्ध राख्न सक्ने र जनताका काममा ईमान्दारिताका साथ लागिपर्ने हुने समेत विश्वास दिलाउनु भएको छ । मलाई को सभापति बन्ला रु को प्रधानमन्त्री बन्ला ? को मन्त्रि र सांसद बन्ला भन्नेमा कुनै चिन्ता छैन त्यो त निर्वाचनको माध्यमबाट जनताको मताधिकारबाट प्राप्त हुने अवसर हो भन्दै डा. शेखर भन्नुहुन्छ चिन्ता छ त नेपाली कांग्रेसका तमाम क्रियाशिल सदस्यहरुसम्म वीपीको विचार र कांग्रेसको घोषणापत्र कसरी पुर्याउने भन्नेमा छ । नेपाली कांग्रेसले लिएका बिकासका योजनाहरुका खाकामा स्थानीय नागरिकको साथ र सहयोगको बर्तन कसरी थप्न सकिन्छ ? भन्नेमा छ ।
यिनै योजना र कार्ययोजनाका साथ डा.शेखर नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा सभापतिको दौडमा छन् । कोइराला भन्छन्, मलार्ई पार्टी भित्र कुनै पनि गुट, उपगुट या समूहको नेता बन्नु छैन । म सम्पूर्ण नेपाली जनताले आत्मै देखि मन पराउनु भएको र हृदयदेखि नै विश्वास गर्नुभएको सिंगो नेपाली कांग्रेसको सभापति बन्न चाहान्छु । मेरो विचारमा नेपाली कांग्रेसको सभापति कार्यकर्ताले भेट्न चाँहदा भेट्न सकिने हुनुपर्छ । नेपाली जनताका समस्यामा गहिरिएर बुझ्न सक्ने र साथ, सहयोग र सान्त्वना दिन सक्ने हुनुपर्छ । जनताको भावनामा ठेस लाग्ने कुरा बोल्ने र जनताका चाहनाहरु कुल्चने व्यक्ति नेपाली कांग्रेसको नेता किमार्थ बन्न सक्दैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार