दिसापिसाब रोकेर पढ्न बाध्य छन्, छात्रा
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १८:४२:२१
सुधा देव
३१ भदौ, सप्तरी । सप्तरी सदरमुकाममा रहेको राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयमा अध्ययनतर छात्राहरू दिसापिसाब रोकेर अध्ययन गर्नुपर्ने बाध्यता छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहरपछि विद्यालय खुलेको १० दिन भइसक्दासमेत चर्पीमा ढोका र सरसफाइ नभएको कारण दिसापिसाब रोकेर पढ्न बाध्य भएको कक्षा १० मा अध्ययनरत छात्रा आरती झाले बताइन्।
‘हामीहरूले प्रयोग गर्ने दुईवटा चर्पी छ । एउटामा ढोका छैन । अर्कोमा आधामात्र ढोका छ। चर्पी एकदमै फोहर र दुर्गन्धित छ। जान सक्ने अवस्था छैन । कसैलाई चासो पनि छैन’, उनले भनिन् ।
‘एक दिनमात्र होइन कति दिनसम्म दिसापिसाब रोकेर पढ्न सक्छौ ?’, सोही कक्षामा अध्ययनरत विनिता रजकले प्रश्न गरिन् । विद्यालयका कार्यालय सहयोगी तारा मण्डलका अनुसार विद्यालयले पैसा नदिएपछि सफाइकर्मी नआएपछि चर्पीको दयनीय अवस्था आएको हो ।
‘विद्यालयमा १२ सय बिद्यार्थी छ , त्यसमा पनि छात्रा नै बढी छ । चर्पी त फोहोर हुनु स्वभाविक हो। दिनँहु सफा गर्नुपर्ने हो । त्यसको लागि विद्यालयले खर्च गर्न नखोजेकै कारण छात्राहरूले समस्या भोग्नु परेको हो’, उनले भनिन् ।
यस समबन्धमा विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले छात्राहरूको चर्पीमा भएको समस्या स्वीकार्दै समाधान गर्ने बताए । ‘म यस विद्यालयको प्रधानाध्यापक भएर आएको तीन दिन भयो । विद्यार्थी भर्ना अभियानमा लागेको छु । चर्पीको ढोका लगाउन लगाएर सरसफाइ गर्न लगाउनेछु’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार