मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १८:५०:४२
खड्क सुनार
३० भदौ , मुगु । मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ । यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन् । बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको संख्या बढेको छ ।
जिल्ला अस्पतालमा दिनमा ७० जनासम्म बिरामी आउने गरेकामा ५० जना बालबालिका छन् । जसमध्ये ५० प्रतिशत बालबालिकालाई ज्वरो र निमोनियाको लक्षण रहेको डा.डबल मल्लले बताए । ‘एक्कासि बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘उपचारका लागि आएकामध्ये सबैजसो ज्वरो र निमोनियाका छन् ।
उनले पाँच वर्षमुनिका बालबालिका निमोनिया र ज्वरोबाट बढी प्रभावित भएको पाइएको बताए । बालबालिकामा रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या पनि देखिएको जिल्ला अस्पतालले जनाएको छ ।
१० महिने शिशुलाई नियोनिया भएपछि जिल्ला अस्पताल ल्याएको सोरु गाउँपालिका कालैकी बाँचु सुनारले बताइन् । ‘चार दिनसम्म अस्पतालको इमर्जेन्सीमा राखिए पनि अझै स्वास्थ्यमा सुधार आएको छैन’, उनले भनिन्, ‘गाउँमा पनि घरैपिच्छे बालबालिका बिरामी रहेका छन् ।’ एक साताअघि अस्पतालमा भर्ना गरिएका पाँच महिने एक शिशुको ज्यान गएको थियो ।
भदौ लागेदेखि सबै शय्या बिरामी बालबालिकाले भरिएको जिल्ला अस्पतालले जनाएको छ । मुगु अस्पतालमा अहिले १५ शय्यामा बिरामीको उपचार भइरहेको छ । ‘बेडमा ठूला मान्छे बिरामी छैनन्’, डा. मल्लले भने, ‘सबै बेड बालबालिकाले नै भरिएका छन् ।’
बिरामी बालबालिकाको संख्या बढेपछि अस्पतालमा औषधिको अभाव हुन थालेको अस्पतालकी अनमी सावित्रा मल्लले बताइन् । अहिलेको जसरी नै बिरामी थपिए एक हप्तामै अस्पताल औषधिविहीन हुन सक्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार