सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार १८:६:५६
१ असोज, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् ।
सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै आएको थियो ।
सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पत्र नआएकोे साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए । उनले भने “कार्यादेश आएको छैन, त्यसैले कार्यान्वयन गर्न सकिएको छैन ।” सुदूरपश्चिममा सुपथ मूल्य सञ्चालनका लागि खाद्य सामग्रीसमेत नआएको उनको भनाइ छ । कर्पोरेसनले विगत वर्षमा कैलालीको धनगढीस्थित अञ्चल कार्यालय, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको थियो । सुदूरको सबै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न समस्या हुने कर्पोरेसनले जनाएको छ ।
“अनलाइन बिलिङका कारण धनगढी र अत्तरियाबाहेक अन्य स्थानमा पसल सञ्चालन गर्न समस्या छ”, पाण्डेले भने । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ गरेर मात्र सामग्री बिक्री गर्न अनुमति दिएकाले सबै ठाउँमा जनशक्ति र उपकरण अभावले पसल सञ्चालन गर्न नसकिने उनको भनाइ छ । “अनलाइन बिलिङको समस्या भएको ठाउँमा स्थानीय तहले सहकारीमार्फत सञ्चालन गर्न सक्छ, सामग्री हामीले पठाउँछौँ, जिल्ला प्रशासनले सिफारिस गरेको हुनुपर्छ”, पाण्डेले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि देशभर आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार