सुदूरपश्चिममा दुई मन्त्री थपिँदै, आजै शपथ खुवाइने तयारी
नेपालबहस संवाददाता
असोज १, २०७८ शनिबार ०:२१:४७
१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजबादी दलका तर्फबाट एक मन्त्री र एक राज्य मन्त्रीसहित दुई जना थपिने भएका छन् । एमाले विभाजनसँगै अल्पमतमा परेका कारण प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएका थिए ।
उनीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा एकीकृत समाजवादीले दुई जनालाई पठाउन लागेको हो । थपिएका दुवै जनालाई आज बेलुका शपथ खुवाइने तयारी थालिएको छ ।
एकीकृत समाजबादीका तर्फबाट बन्ने नयाँ मन्त्रीमा प्रदेशसभा सदस्य तारा लामा तामाङ र राज्य मन्त्रीमा माया तामाङ बोहरा रहेका छन् । शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी भइरहेको एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले बताए ।
तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारालामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।
बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै रहेकी थिइन् । एमाले विभाजनपछि उनले नयाँ दलका रूपमा एकीकृत समाजवादीलाई रोजेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार