प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएका सडकले गाउँ अन्धकार
नेपालबहस संवाददाता
असोज १, २०७८ शनिबार ०:३५:११
१ असोज, जुम्ला । जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा पारेको हो । यो त एउटा उदाहरण मात्रै हो । जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरू भएसँगै वाढीपहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ ।
गाउँ–गाउँमा प्राविधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ । जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिकाका अमृत कृष्ण आचार्यले बताए ।
‘जमिन नै हलचल गराउने गरी बिना अध्ययन र योजनामा डोजरबाट बाटो निर्माण गरिएको छ’, उनले भने, ‘यसरी खनिएका बाटोले बस्तीलाई जोखिममा पारेको छ ।’
जुम्ला केही मन्त्री र नेता, कार्यकर्ताको स्याउ बगैँचामा सडक पुर्याउने होडबाजीले सडक निर्माण गरिरएको छ । जसको परिणाम भिरालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको हो ।
रानारावत गाउँको जमिन भासिँदा ठिन्केजल विद्युत आयोजनाको कुलो भत्काउँदा चन्दननाथ नगरपालिएकाको १ देखि ५ वडासम्मको विद्युत सेवा एक महिनादेखि अवरुद्ध भएको ठिन्केजल विद्युत आयोजनाका अध्यक्ष बिष्णुबहादृर बुढ्थापाले बताए ।
भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावत भन्छन्, ‘ठूलाबढाको स्याउ बगैँचामा सडक पु¥याउने योजना माथिबाटै आएको हो । हाम्रो प्राविधिक सहयोग थियो । वर्षा रोकिने बित्तिकै नियमित रूपमा सडक विस्तारको काम हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार