धर्मनिरपेक्षता, बोक्सीतन्त्र र पीडित जनता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २, २०७८ शनिबार २०:३४:५
![](https://nepalbahas.prixacdn.net/media/albums/boksi_n4CvudXt7G.jpg)
कतै बाबुले छोरीलाई बलात्कार गरेको, कतै लोग्नेले स्वास्नीलाई भारतमा लगेर बेचेको, कतै विदेशमा काम लगाइदिने भनी ललाइफकाइ लगेर विदेशमा अलपत्र पारेका समाचार त दिनहूँ आइरहन्छन् । तीन वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षे किसोरी निर्मला पन्तजस्ता हजारौँ निर्मलाहरू अत्याचारमा पिसिइरहेका छन् । मध्य र सुदूरपश्चिम नेपालको छाउपडी प्रथाका दर्दनाक घटनाहरू समाचार बनिरहेका छन् ।
दिनहुँजसो महिलाले आफूजस्तै महिलालाई बोक्सीको आरोप लगाएर दिसा खुवाएको र सिस्नुपानी लगाएको समाचार पनि सुन्नुपरिरहेको छ । बोक्सी भनेको असम्भव एवं अन्धविश्वास हो भनेर ठूलै प्रचारवाजी भइरहेको पनि छ । शहरमा हुने यस्तो प्रचारवाजी झारा टार्ने र रकम हसुर्ने चालवाजीमात्र हो भनेर किन ठोकुवा गर्न सकिन्छ भने लक्षित समुदायमा त्यो प्रचार पुगेकै छैन । गाउँकी एक महिलाले त यतिसम्म भनिन् कि बोक्सीको मान्यता फगत अन्धविश्वास हो भनी रेडियोमा प्रचार गरिएको मसाला, शहरका बोक्सीले गाँउका बोक्सी जोगाउन गरेको हल्ला मात्र हो ।
काठमाडौंको म्हैँपिँ मन्दीर बोक्सीको दीक्षा लिने प्रख्यात थलो हो भन्ने किंवदन्ति अहिले पनि सुनिन्छ । एक अर्थमा भन्ने हो भने बोक्सीहरू गाउँमा होइन, शहरमै र छद्मभेषमा होइन हाक्काहाक्की रुपमा घुम्नथालेको देखिन्छ । त्यो कसरी ? यसबारे यहाँ प्रकाश पारिने नै छ । ‘बोक्सी’ सर्वत्र अनुभव गरिएको तार्किक अस्तित्व हो । बोक्सीको विश्वासबाट अँग्रेजहरू पनि अलग छैनन् । बोक्सी बुझाउने उनीहरूका यी शब्दले यही तथ्यलाई पुष्टि गर्दछ । ( Witch, enchantress, sorceress, wiccan, hag, crone, harpy, harridan, she-devil, battleaxe, hellcat ) .
नेपालीमा बोक्सीका साथै डङ्किनी, डाइनी, कुछेद, मुर्दार, असति, छौँडा (बोक्सीकी दूत) भन्ने शब्द छन् । धर्मनिरपेक्ष राज्य त्यसमाथि गणतन्त्र पनि आएपछि त बोक्सी–सोक्सी नहुनुपर्ने हो, तर अहिले त बोक्सीतन्त्र नै चलेको छ भन्यो भने अन्यथा नहोला । जनता “बोक्सीले चुसेजस्ता” शक्तिहिन, सामथ्र्यहिन, स्खलित, उद्भ्रान्त, सोचविहिन र त्रसित किन भए भने सत्तामा समेत प्रकारान्तरले बोक्सीतन्त्र भएर नै हो । शासनका कारण जनता कष्ट तथा होस उडेको स्थिति भोगिरहेका छन् । डरको मानसिकतामा जनताले बाँच्नुपरेको छ र त्यसको स्रोत राजनीतिक दलका क्रियाकलाप र चरित्रभन्दा अरू होइन । अनि यसलाई बोक्सीतन्त्र नभनेर के भन्ने ? रामराज्य भन्ने ?
बोक्सीतन्त्र हुनाको अर्को विशेषता पनि छ । अहिलेका अधिकांश नेता भनाउँदाहरू भूत–प्रेत, वायु, पिशाच, तन्त्रमन्त्र, ज्योतिषी, धामीझाँक्री, अघोरी आदिका परमभक्त छन् र तिनीहरूले हातका दशै औँलामा सून, हिरा, मुगादेखि फलामसम्मका औँठी लगाएका छन् । उनीहरूलाई अलिकति राजनीतिक चिन्ता प¥यो भने जति ठूलो खर्च गरेर पनि तान्त्रिक, अघोरी, बाबा आदि खोज्नथाल्छन् र तिनका कुरा अत्यन्त ध्यान दिएर सुन्छन् । त्यस्ताले भनेका कुरा आज्ञाकारी बालकले झैँ खुरूखुरू पालन गर्छन् । त्यस्ता मानिसहरूलाई नेताहरू खुट्टैमा ढोग्ने गर्छन् ।
उनीहरूका बैठकमा यस्ता ब्यक्तिका सिद्धि र साधनाको प्रख्याति र दैवीशक्तिको बखान चल्नेगरेको हुन्छ । यस काममा कम्युनिष्ट नेताहरू पनि कम छैनन् । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता (पूर्वएमाले अध्यक्ष) झलनाथ खनालले रातीतिर एकजना ज्योतिषीलाई आफ्नो जन्मकुण्डली देखाएर ग्रह–दशा हेर्न लगाएछन् । ती ज्योतिषीसँग उनले दुईघण्टा बिताए भन्ने समाचार आयो । ज्योतिषीले पनि २०७४ सालयता झलनाथ प्रधानमन्त्री हुनै नसक्ने बताउँदै बरू प्रचण्ड नै राष्ट्रपति हुनसक्ने सम्भावना प्रबल रहेको भविष्यवाणी गरे रे ! यो सबै बोक्सेरो मानसिकताको द्योतक हो र यही मानसिकताले शासन चलाउने काम भएको छ भने नेपालमा बोक्सीतन्त्र छैन भनेर कसरी भन्ने ?
बोक्सीतन्त्रका सबभन्दा ठूलो भक्त पूर्वराजा ज्ञानेन्द्र नै हुन् । २०६२ को चैतभरि नारायणहिटी दरबारमा नबस्दा राम्रो हुने भनेर कुनै तान्त्रिकले भनिदिएका कारण उनले त्यो अवधिभरि पोखरामा बसेर बिताए । २०६२ को गढीमाई मेलामा उनले सेतो मुसासहित सबै जीवको बली चढाए । तान्त्रिकले भनेअनुसारका धार्मिक अनुष्ठान त देशभरि कति भए, कसले गन्नसक्ने ? शासन अवधिमा उनी देशभरिका ढुङ्गालाई पूजा गर्दै हिँडे, तर आपूmलाई इमानदारीका साथ साथ दिने मानिस खोज्नतिर लागेनन् । शासनको ठेक्का तुल्सी गिरिजस्ता नेता र तान्त्रिक सम्राट सागर तिमल्सिना प्रभृत्ति सचिवहरूले पाएकै थिए । त्यसैले राजाको प्रत्यक्ष शासन पनि बोक्सीतन्त्रबाटै वशिभूत भयो ।
भारतमा सङ्कटकालीन शासन लागु हुनुभन्दा पहिले धीरेन्द्र ब्रम्हचारी नामका एक जोगी सञ्जय गान्धीमार्फत शासनमा हावी भएका थिए । उनले सञ्जयलाई योगाभ्यास गराउनेदेखि अनेक तान्त्रिक र बाबालाई भेट गराईदिने काम पनि गरे । सञ्जय शासनमा हावी हुनु पनि भारतमा बोक्सीतन्त्र हावी भएको हो । त्यही बोक्सेरोले भिन्द्राँवाले जन्मायो र आखिर इन्दिरा गान्धीले उसैको अनुयायीका हातबाट मर्नुप¥यो ।
बोक्सीतन्त्रले विभिन्न अवतारमा सर्वप्रथम जनतालाई यातना दिने र सताउने काम गर्दछ र आखिर जुन शासकमाथि हावी भएको हो त्यही शासकको ज्यान लिन्छ वा उसलाई शासनबाट मरेतुल्य बेइजतिका साथ च्यूत गराउँछ । गिरिजाप्रसादले मरणोपरान्त भोग्नुपरेको चौतर्फी आलोचना, जनताको धिक्कार र धक्का बोक्सीतन्त्रकै कारणले हो । यदि साँच्चै बोक्सी खोज्ने हो भने विचरा ग्रामीण महिलाका वीच होइन, जनताका त्रसित झुपडीमा होइन, सत्ताका ग्यालरी, कोठा–चोटा र सरकारी निवासमा खोज्नुपर्छ । बोक्सीतन्त्र जहाँ छ त्यहीँ छन् बोक्सी पनि । सत्तामा ढलिमली गरिरहेको बोक्सी प्रवृत्तिलाई नदेखेजस्तो गरेर गाउँमा तल्लोघरकी महिलाले माथ्लोघरकी आपूmजस्तै महिलालाई बोक्सी देख्नु महापाप भइरहेको छ ।
नेपाली जनतामाथि बोक्सीतन्त्र हावी भएको छ । बोक्सी लागेपछि शासकमा सद्बुद्धि आउँदैन विपरित बुद्धि आउँछ, जनताले शान्ति र सुविस्ता पाउन सक्दैनन् । राजनीतिक दलहरू, तीमध्ये तीन मूख्य पार्टीलाई सहमतिबाट विद्यमान समस्या सुल्झाउन र शान्ति र अमनचैनको वातावरणमा आ–आफ्ना मान्यता र बाटोको राजनीतिमा लाग्न केले छेक्यो ? जनताले ? सेनाले ? विदेशीले ? कसैले पनि छेकेको होइन, तर छेकिरहेकै छ ।
नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता केही पनि आएको छैन । आएको छ त बोक्सीतन्त्र आएको छ । बोक्सीतन्त्रबाट मुक्त हुन सर्वप्रथम नेता, सत्ताधारी र उच्चपदस्थ कर्मचारीहरूका मानसिकतामा परिवर्तन ल्याउनु पर्दछ । राज्यको पुनःसंरचना गर्न यिनीहरूको दिमागको पुनःसंरचना हुनुपर्दछ । मानसिकतामा तान्त्रिक, धामीझाँक्री, पिशाच, वायु आदिको भूतसवार गराएर एक्काइसौँ शताब्दीअनुकूल शासन बन्दैन, बोक्सीतन्त्रमात्र चल्दछ । त्यसैले नेताहरूलाई बोक्सेरो प्रवृत्तिबाट जोगाउनु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार