संक्रात्मक रोगको जोखिममा लमजुङका कैदीबन्दी
नेपालबहस संवाददाता
असोज ३, २०७८ आइतबार २०:२७:४८
३ असोज, लमजुङ । जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी कारागारको क्षमता भन्दा करिब चार गुण बढी हुँदा संक्रात्मक रोगकोे जोखिम बढेको छ ।
बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ । कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने आठ कैदी महिला छन् । उन्तालीस थुनुवा पुरुष छन् भने दुई महिला छन् । एक कैदीवन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।
क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरुमा विभिन्न खालका सास्तीका साथै सङ्क्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताए । बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार