तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार ११:३५:१८
वि.सं.२०७८ साल असोज ०४ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– पूर्णिमा, ,रातको ०४ बजेर ५५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– शूल, बेलुकी ०५ बजेर १० मिनेट उप्रान्त गंड । करण– भद्रा, बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त बव, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान ३० घडी २४ पला । पञ्चक, पूर्णिमाव्रत, चेपाङ चोनापर्व, इन्द्रदहस्नान, यँयापुन्हि, भ।पु। सिद्धपोखरीमेला, वंगयारमंगया ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिने छ । बिद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइने छ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीतसंगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुशिले उचाई नाघ्नेछ । पढ्नेलेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटि सम्बन्धि समस्या ठिक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । मायाप्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथिको भरपुर सहयोग पाईनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । पढाईलेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाईने हुँदा मन खुसि रहनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कलात्मक तथा रचनात्मक काम सुरु गरी भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेको छ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेको छ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागी समय उत्तम रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार