मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार १९:४६:३५
४ असोज, काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौंको गोकर्णेश्वरबाट आज पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले थप अनुसन्धानका क्रममा पक्राउ परेका खड्काले चोरी गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल्सर मोटरसाइकलसमेत फेला परेको छ ।
उक्त मोटरसाइकल काठमाडौँको काँडाघारीबाट चोरी गरेको खड्काले स्वीकार गरेको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार