दहचोकमा इन्द्रजात्रा मेला प्रारम्भ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार २३:२:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/indrajatra-2_PZZUuqB1xJ.jpg)
४ असोज, काठमाडौं । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका–१ दहचोकमा इन्द्रजात्रा मेला प्रारम्भ भएको छ । वर्षा एवं सहकालका देवता इन्द्रको पूजा हुने जात्राका रुपमा लिइने इन्द्रजात्रा आइतबार साँझ दीप प्रज्ज्वलन गरी प्रारम्भ गरिए पनि आज भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नान मेला लागेको छ ।
हरेक वर्ष दहचोक मेलाका लागि आयोजक समिति गठन गरेर व्यवस्थापन गरिँदै आए पनि यस वर्ष कोरोनाका कारण भक्तजनको न्यून सहभागिता रहेको चन्द्रागिरि नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । दहचोक १०० गन्तव्यस्थलभित्रको इन्द्रदह/काजी कालु पाण्डे समाधिस्थल क्षेत्रमा परापूर्वकालदेखि भाद्र शुक्ल पूर्णिमाका दिन मनाइँदै आएको छ । इन्द्रजात्रा/इन्द्र दह स्नान मेलामा कोरोना भाइरसको सङ्क्रमणका कारण भक्तजनको उपस्थिति न्यून रहेको उनले बताए ।
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्छ । अहिले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ । करिब २०० रोपनीे क्षेत्रफलमा फैलिएको सांस्कृतिक महत्वको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।
काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ । यहाँबाट काठमाडौँ उपत्यका एकसाथ अवलोकन गर्न सकिन्छ । सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका स्थान थुप्रै छन् । दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको समाधिस्थल, ओढारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् ।
दहचोकस्थित कालु पाण्डेको समाधिस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्णस्थल हो । सो स्थल दहचोकको सबैभन्दा अग्लो भाग छ । पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा वीरगति प्राप्त गरेका पाण्डेले मृत्युपर्यन्त गोरखा देखिने स्थानमा आफ्नो टाउको राख्नू भन्ने इच्छा गरेअनुरुप उनको समाधि बनाइएको बताइन्छ । दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलामा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । दहचोक डाँडाबाट उत्तरतर्फ नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल तथा गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार