तारसहित इन्टरनेटको शुल्क महँगो हुने, प्रतिग्राहक कति पर्ला ?
नेपालबहस संवाददाता
असोज ५, २०७८ बुधबार २:१०:२५
५ असोज, काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ ‘क्यान’ ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो ।
“इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासंघ र इन्टरनेट सेवा प्रदायक संघले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु दुःखद् हो”, विज्ञप्तिमा भनिएको छ, “निजी–सरकारी साझेदारीमा सुरुआत भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पु¥याउन निजी क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भूमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पु¥याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको हो ।”
विद्युत् प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्दा इन्टरनेट सेवा प्रदान गर्न सकिएको भन्दै पोलको भाडा समायोजन नभए ९३ प्रतिशतले प्रयोग गर्दै आएको तारसहित इन्टरनेटको शुल्क महँगो हुने महासङ्घले जनाएको छ । प्रतिकिलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यावहारिक नहुने क्यान महासंघको ठम्याइ छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीले लामो समयदेखि विद्युतकाे पोल तथा फाइबर तार प्रयोगको बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि नै सूचना जारी गर्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने जनाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार