अमेरिकी नागरिकसहितको टोलीले शनिबार कुम्भकर्ण हिमाल आरोहण गर्ने
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २२:४०:१
६ आसोज, ताप्लेजुङ । ताप्लेजुङस्थित कुम्भकर्ण ‘फक्ताङ्लुङ’ हिमाल आरोहणका लागि आरोहीको टोली प्रस्थान गरेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको आरोही टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण आरोहणका लागि विदेशी पर्यटक आएका हुन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण ‘७७१० मिटर उचाइ’ हिमाल आरोहण गर्न दुई जना अमेरिकी नागरिकसहित आरोहण टोली त्यसतर्फ गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालयले जनाएको छ ।
परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि कुम्भकर्ण आरोहण गर्ने योजनाका साथ उक्त टोली सोमबार घुन्सादेखि अघि बढेको छ । आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुग्ने शेर्पाले बताए । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजंघा हिमाल प्रवेशद्वारको रूपमा लिने गरिएको छ ।
यता यो सिजनमा दुईजना अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आयार्चका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत एक लाख ७६ हजार रुपियाँ रोयल्टी रकमसमेत संकलन भएको छ । विभागका अनुसार दुई वर्षयता अर्थात कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्यांकअनुसार विक्रम् संवत् २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए ।
त्यसयता समय समयमा कुम्भकर्णको आरोहण हुँदै आएको भए पनि कोरोना महामारीपछि ठप्प भएको थियो । महामारी सुरु हुनुअघि २०७६ सालको सिजनमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको पर्यटन विभागले जनाएको छ । यस्तै ताप्लेजुङमै रहेको कञ्चनजङ्घा हिमाल अरोहण गर्न यो सिजनका लागि तीन जना विदेशीले अनुमति लिएका पनि पर्यटन विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार