चार वर्षमा बैतडीमा १७ सय किलोमिटर सडक
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २३:३२:४३
सीपी लोहिया
६ असोज, बैतडी । स्थानीय तह गठन भएको चार वर्षमा बैतडीमा १७ सय किलोमिटर सडक बनेको छ । जिल्लाका १० वटा स्थानीय तहले चार वर्षमा कुल एक हजार सात सय २९ किलोमिटर सडक विस्तार र ट्रयाक खोलेका हुन् ।
जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाले सडक बनाएको छ । पञ्चेश्वरमा दुई सय ९० किलोमिटर ट्रयाक खुलेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । जसमा दुई सय ५० किलोमिटर गाउँपालिका र ४० किलोमिटर संघीय सरकारको बजेटमा निर्माण भएको उनले बताए । गाउँपालिकाहरूले सडक निर्माणमा हरेक बर्ष कम्तीमा तीन करोडदेखि बढीमा पाँच करोड रुपैयाँसम्म खर्च गरेका छन् ।
यसैगरि शिवनाथ गाउँपालिकाले पनि चार बर्षमा दुईसय ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार गाउँपालिकाले हरेक वर्ष कम्तीमा तीन करोड रुपैयाँ सडक निर्माणमा खर्चेको छ। शिवनाथमा दुईवटा सडक केन्द्र र दुईवटा प्रदेश सरकारले निर्माण गरेको छ भने तीन सडकको स्तरोउन्नती गाउँपालिकाले गरेको अध्यक्ष साउदले बताए ।
दशरथचन्द नगरपालिकाले चार बर्षमा दुई सय किलोमिटर सडक निर्माण गरेको छ । ४० वटा सडक निर्माण गरेको नगरपालिकाले बार्षिक तीन करोडदेखि सात करोडसम्म सडकमा खर्च गरेको इन्जीनियर जयसिंह बोहराले बताए । पाटन नगरपालिकाले एक सय ८० किलोमिटर सडक निर्माण गरेको छ भने मेलौली नगरपालिकाले पनि एक सय ८० किलोमिटर सडक निर्माण गरेको छ ।
पाटनको हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक
हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक खनेको पाटन नगरपालिकाले पछिल्लो चार वर्षमा ५० भन्दा बढी सडक निर्माण गरेको प्रवक्ता लोकबहादुर भण्डारीले बताए । मेलौली नगरपालिकाले सबै वडामा गरेर हालसम्म ३२ सडक निर्माण गरेको नगर प्रवक्ता सुरत नेगीले बताए । मेलौलीले पनि वार्षिक तीन करोड रुपैयाँ सडक निर्माणमा खर्च गर्दै आएको उल्लेख छ ।
दोगडाकेदार गाउँपालिकाले हालसम्म एक सय ६१ किलोमिटर सडक निर्माण गरेको अध्यक्ष चक्र कार्कीले बताए । दोगडाकेदारस्थित प्रदेश सरकार मातहत रहेको एउटा सडक स्तरोउन्नती भइरेको छ ।
जिल्लाको पुर्चौडी नगरपालिकाले एक सय ५० किलोमिटर सडक निर्माण गरेको छ । सबै वडालाई कच्ची सडकले छोएको पुर्चौडीमा हालसम्म १८ वटा सडक खनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए । पुर्चौडीका १० वडामध्ये आठ वडा कार्यालयसम्म कच्ची सडक पुगेको छ । दसई वडा कार्यालयमा सडक पुग्न बाँकी छ ।
सुर्नया गाउँपालिकाले हालसम्म १०९ किलोमिटर सडक ट्रयाक खोलेको जनाएको छ । चार बर्षमा २० वटा सडक खनेको सुर्नयाले वार्षिक दुईदेखि चार करोडसम्म सडक निर्माणमा खर्चेका छ । प्रदेश गौरवको आयोजना अन्तर्गत रहेको गाउँपालिकाको सतवाँज श्रीभावर सडक भने प्रदेश सरकारले कालोपत्रे गरिरहेको छ ।
जिल्लाको सबैभन्दा दुर्गममा रहेको सिगास गाउँपालिकाले चार बर्षमा एकसय तीन किलोमिटर सडक खनेको छ । जम्मा १० वटा सडक खनेको सिगासले बार्षिक पाँच करोड रुपैयाँसम्म सडक निर्माणमा खर्च गरेको छ । सिगासमा प्रदेश सरकारमार्फत एक र केन्द्र सरकारबाट एक सडक निर्माण भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।
डिलाशैनी गाउँपालिकाले हालसम्म एक सय १९ किलोमिटर सडक निर्माण गरेको छ । साना ठूला गरेर १० वटा सडक खनेको गाउँपालिकाले वार्षिक दुईदेखि तीन करोड रुपैयाँसम्म सडक निर्माणमा खर्च गरेको इन्जीनियर सुदीप बोहराले बताए ।
बैतडीका सबै स्थानीय तहमा खनिएका सडक कालोपत्रे गर्न भने बाँकी छ । केही स्थानीय तहले स्तरोन्नतीको रुपमा मुख्य सडकहरूलाई ग्राबेल गर्न थालेका छन् भने अन्य सडक कच्ची रहेको र बाह्रै महिना सवारीसाधान चल्ने अवस्थामा छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार