कांग्रेस बैतडीको सभापतिमा दुवै समूहले गरे प्यानल घोषणा
नेपालबहस संवाददाता
असोज ६, २०७८ बिहिबार ०:१३:३९
६ असोज, बैतडी । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्वका लागि दुवै जना सभापतिका दाबेदारले आआफ्नो प्यानल घोषणा गरेका छन् । यसअघि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टको प्यानल घोषणा भइसकेको छ भने आज वर्तमान उपसभापति रहेका चतुरबहादुर चन्दले आफ्नो प्यानल घोषणा गरेका छन् ।
रामचन्द्र पौडेल निकट चन्दको टिममा अधिकांश युवा नेता समेटिएका छन् । चन्द प्यानलले उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई अघि सारेको छ ।
यसैगरी सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीलाई उम्मेदवार बनाएको छ । सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडलाई अघि सारिएको छ । यसैगरी प्रदेश ‘ख’को सभापतिका लागि युवा नेता शिवराज भट्टलाई उम्मेदवार घोषणा गरिएको छ ।
संस्थापन अर्थात् देउवा निकट प्यानलमा भने सभापतिका लागि शिवराज भट्टका साथै उपसभापतिका लागि हरिसिंह धामी र वीरबहादुर विष्ट उम्मेदवार बनेका छन् । सचिवमा रमेश भण्डारी र कर्ण बोहरालाई अघि सारिएको छ भने सहसचिवका लागि रमेश कोली र घनश्याम भट्टलाई उम्मेदवार बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार