जुम्लामा १८ वर्षमाथिका ४१ हजारलाई कोरोना खोप लगाइने
नेपालबहस संवाददाता
असोज ६, २०७८ बिहिबार १:४५:२०
दिलमाया शाही
६ असोज, जुम्ला । जुम्लाका १८ वर्षभन्दा माथिका ४१ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । यहीँ ९ असोजबाट १८ वर्ष माथिका ४१ हजार ६७६ जनालाई तत्काल खोप लगाइने भएको हो ।
जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्ष माथिका ४१ हजार बढीलाई खोप लगाउने तयारी भएको जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । उनकाअनुसार पहिलो खोप लगाएकालाई दोस्रो डोज र खोप नै नलगाएकालाई पहिलो डोज लगाइने छ ।
आवश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयमसेविका, शिक्षक युवालाई परिचालन गरिने छ । यहाँका ८ वटा स्थानीय तहमा दुई चरणमा खोप लगाइने छ । तालिम प्राप्त स्वास्थ्यकर्मीसहित ५ सय ४७ जना स्वयम् सेविका परिचालन हुने छन् । प्रत्येक पालिकामा खोप केन्द्र राखिँदै छ । खलंगामा बस्नेको हकमा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने छ ।
जिल्लाभरीका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइने छ । प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । खोपको उचित भण्डारण गरिएको छ । जिल्लामा २४ हजार ६ सय ४८ जनाले खोप लगाइसकेका छन् । १९ हजार ८४७ जनालाई पूर्ण खोप अर्थात दोस्रो डोजसमेत लगाइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउने सरकारको लक्ष्य सफल पार्न सबै नागरिकलाई खोप लगाउन आग्रह गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार