जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न आग्रह : डब्लुएचओ
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २०:४५:५९
७ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न आग्रह गरेको छ। विश्वमा वायु प्रदूषणको तह आकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै उसले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गरी सतर्कता अपनाउन आग्रह गरेको हो।
वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड घटाएको छ। ओजोन, सल्फर डाइक्साइड र कार्बन मोनोअक्साइडसहितका ग्यासको मात्रामा पनि कटौती गरिनुपर्ने सुझाव डब्लुएचओको छ ।
डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणबाट न्यून तथा न्यून मध्यम आय भएका देशका नागरिक बढी प्रभावित छन्।
धूम्रपान र अस्वस्थकर खानपानसरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ। वायु प्रदूषणका कारण मुटुसम्बन्धी रोग तथा स्ट्रोकसहितका घटना बढेका छन्। वायु प्रदूषणका कारण सबैभन्दा बढी दक्षिणपूर्वी एसिया प्रभावित छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार