कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २३:१४:२१
७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग ‘ईपीएल’ नखेल्ने भएका छन् ।
बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन् ।
‘जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन,’ ज्ञानेन्द्रले लेखेका छन् । यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ । घोषणा भने भएको छैन ।
यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनी गत सिजन विराटनगरबाट खेलेका थिए । चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार