दुई दिन पैदल हिँडेर चामल किन्न गएकी जुनकला आँशु झार्दै घर फर्किन्
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार १८:८:५२
जीवन कैला
८ असोज, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-२ बिच्छँयाकी जुनकला बुढा साहूसँग सयकडा पाँच रुपैयाँ ऋण काढेर चामल किन्न दुई दिन लगाएर कवाडी डिपो पुगिन् । विपन्न परिवारकी बालिका जुनकला महँगो ऋण काढेर चामल किन्न जाँदा पनि पाइनन् । तर, कवाडी डिपोमा एक दाना पनि चामल थिएन ।
दुई दिन पैदल हिँडेर चामल किन्न गएकी जुनकला चामल नपाएपछि रुँदै घर फर्किन् । पाँचजनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन् । आमा अशक्त छिन् । त्यसैले उनी आफैं चामल लिन टाढाको डिपोमा पुगेकी हुन् ।
‘आमा हिँड्न सक्नु हुन्न । बिरामी बुवा आउन सक्नुभएन, त्यसैले म आएँ । तर डिपोमा चामल नै रहेनछ,’ उनले आँखाभरि आँशु झार्दै भनिन् । रित्तो हात घर जानुपर्दा उनी निकै दुःखी छन् । ‘कोल्टी डिपो पुग्न त्यहाँबाट अझै एकदिन लाग्छ, उतै बास बस्नुपर्छ । अब कसरी रित्ता हात लिएर घर जानू ?’ उनले न्युज कारखानासँग भनिन् ।
जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएपछि खाली हात घर फर्केकी छन् । ‘हाम्रो दुःख सरकारले हेर्दैन, पैसा छ, तर चामल किन्न पाइएन,’ उनले भनिन् । चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले बताइन् ।
समयमै खाद्यान्न ढुवानी गर्दैनन् ठेकेदार
ठेकेदारले समयमै चामल ढुवानी नगर्दा बाजुराको हिमाली गाउँपालिकामा खाद्य संकट उत्पन्न भएको छ । गत असोजमै ठेकेदारले हिमाली गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी गरिसक्ने ठेक्का सम्झौता गरेका थिए । तर अहिलेसम्म ल्याउन नसक्दा चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–५ का वडाध्यक्ष अम्मलाल कार्कीले बताए ।
बिच्छँयामा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । गाउँपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गर्छ ।
आर्थिक वर्ष ०७७–७८ मा मार्तडी शाखाका लागि नौ हजार एक सय चार क्विन्टल, कोल्टी शाखाका लागि आठ हजार क्विन्टल, कवाडी डिपोका लागि २२ सय क्विन्टल चामलको कोटा थियो । गत आर्थिक वर्षको सबै चामल बिक्री गरेकाले संस्थानमा ताला लगाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखा प्रमुख मेखराज ओझाले बताए ।
यो आर्थिक वर्षमा मार्तडीका लागि ६ हजार, कोल्टीका लागि सात हजार र कवाडी डिपोका लागि तीन हजार क्विन्टल स्वीकृत भएको छ । तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । दशंैमा पनि चामल आउने सम्भावना नरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार