हिमशिखर एग्रो सेन्टरद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार १९:३०:२४
८ भदौ, झापा । झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो ।
किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिए ।
एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उनले बताए । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ ।
कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे, मेगा बैंकका पुण्यप्रसाद खनिया, बैंकका प्रदेश–१ का प्रमुख विवेकबन्धु न्यौपाने, दमक नगरपालिकाका कृषि शाखाप्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राईलगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार