हरित चलचित्र कर्मबारे आज मास्टर क्लास हुँदै
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार १९:३९:४१
८ असोज, काठमाडौं । युरोपियन युनियन डेलिगेसन टु नेपालले हरित चलचित्रकर्म अर्थात् ग्रिन फिल्म मेकिङबारे मास्टर क्लास आयोजना गर्ने भएको छ ।
जलवायु परिवर्तनसँगै वातावरणमा पर्ने नकारात्मक प्रभावमा उद्योग, कलकारखाना मात्र होइन, फिल्म निर्माणकोे प्रक्रियाले पनि असर पारिरहेको तथ्यबारे जानकारी दिन भर्चुअल रूपमा क्लास दिन लागिएको हो ।
८ असोज ‘शुक्रबार’ दिउँसो २ बजे हुने क्लास नेपाल युरोपियन युनियन फिल्म महोत्सव ९नियुफ० २०२१ अन्तर्गतको एउटा कार्यक्रमका रूपमा आयोजना गर्न लागीएको आयोजक संस्थारूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिल्म तथा श्रव्य, दृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले क्लास आयोजना गरिन लागेको हो । क्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिकाबमोजिम फिल्म निर्माणस्थललाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बारेमा सहभागीले जानकारी पाउने छन् ।
क्लासमा विभिन्न देशका फिल्मकर्मीसँग फिल्म सहनिर्माणका लागि हरित चलचित्र कर्मको प्रमाणीकरण लिएमा के फाइदा हुन सक्छन् भन्ने बारेमा पनि चर्चा गरिने छ ।
डा.अल्बर्टो बाट्टोचीले प्रशिक्षण दिने मास्टर क्लासको सहजीकरण भ्यालरियो कारुसोले गर्ने छन् । क्लासमा सहभागी हुनका लागि आयोजक संस्थाले नेपाली कलाकार, प्राबिधिक, सञ्चारकर्मी, सबैलाई आव्हान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार