अछाममा दशैँ – तिहार लक्षित सुरक्षा योजना लागु
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २२:४३:४५
८ असोज, अछाम । जिल्ला प्रहरी कार्यालय अछामले दशैं-तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना रोक्ने गरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको हो ।
चाडबाडमा हुनसक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई रोक्न सुरक्षा योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।
अछाम जिल्लामा शहरी र ग्रामीण क्षेत्र दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरेको उनले जानकारी दिए । जिल्लामा कार्यरत तीन सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दशैं-तिहारमा शान्ति सुरक्षा कायम गर्न परिचालन गर्ने उनले जानकारी दिए ।
विशेष योजनामा सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष र राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन पनि छन् । यस्तै मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिड महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार