अब पर्यटन क्षेत्रमा मजदुर र व्यवसायी पाउन मुश्किल
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार १९:३८:३८
९ असोज, पोखरा । कोभिडका कारण पोखरासहित सबै क्षेत्रको पर्यटन थला परेको छ । पर्यटन मजदुरहरू पेशाबाट पलायन हुने अवस्थामा पुगेका छन् । व्यवसायीहरूसमेत गरिरहेको व्यवसायबाट हात झिक्ने अवस्थामा छन् ।
एउटा तथ्यांकअनुसार पोखराका करिब ३० प्रतिशत व्यवसायीले व्यवसाय छोडिसकेका छन् भने ६० प्रतिशत मजदुरले पेशा परिवर्तन गरेका छन् । अब पर्यटन क्षेत्र खुल्दा मजदुर र व्यवसायी पाउन मुश्किल हुने देखिएको छ ।
भएका मजदुरहरूलाई जोगाउन ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले अल्पकालीन रोजगार कार्यक्रम सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न २ सय पदयात्रा मजदुरहरूलाई १० दिनको लागि रोजगार कार्यक्रम सुरु गरिएको हो ।
उनीहरूले नौडाँडा, कास्कीकोट सराङकोट, मेथलाङ, जरेवर पदमार्ग मर्मतसंम्भार तथा सरसफाई गरेका छन् । मजदुरको जीविकोपार्जन र पुनरुत्थानका लागि पर्यटन परियोजनाअन्तर्गत कोभिड १९ ले प्रभावित मजदुरलाई कामका आधारमा राहत उपलब्ध गराएको हो । उनीहरूले पदमार्गहरूको मर्मत सम्भार गरी पदयात्रा व्यवसायलाई चलायामान गराउने जिम्मा पाएका छन् ।
नेपालको पर्यटन विकासको लागि पदयात्रा पदमार्गहरूको महत्व उच्च रहेकोले त्यसैबाट पुनरुत्थान हुन सक्ने टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए । २७ सेप्टेम्वरमा पर्ने विश्व पर्यटन दिवसमा कास्कीकोट पदमार्गमा बिभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधीहरू ल्याएर पदयात्रा गराउने कार्यक्रम टानको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार