काठमाडौंले टस जितेर फिल्डिङ गर्ने
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार १९:४७:७
९ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले सुरुमा बलिङ गर्ने निर्णय लिएको हो । अब कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रीएट्सले सुरुवाती ब्याटिङ गर्नेछ ।
दुवै टोली पहिलो खेलमा सुखद् सुरुवात गर्न चाहन्छन् । दुवैको लक्ष्य पहिलो खेलमा दुई अंकको लागि हुनेछ । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी जस्ता खेलाडी छन् ।
काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाशजस्ता खेलाडी छन् ।
चौंथो संस्करणको प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।
ललितपुर प्याट्रिएट्सका खेलाडी – कुशल भुर्तेल ९कप्तान०, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी
काठमाडौं किंग्स एलेभेन खेलाडी – सन्दीप लामिछाने ९कप्तान० , अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार