पवनको अर्धशतकमा काठमाडौंलाई १५८ रनको लक्ष्य, अफ्रिदीले विकेट लिन सकेनन्
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार २०:१२:१४
९ असोज, काठमाडौं । पवन सर्राफको अर्धशतक प्रेरित ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स–११ लाई १५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साविक विजेता ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गर्यो ।
खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।
ललितपुरका ओपनर कुशल भुर्तेल गोल्डेन डक हुँदा सान्डुन भिराक्कोडी २ रनमा पेभेलियन फर्केका थिए । यस्तै शंकर राना १४, मिक्यो दोर्जी १७ र ललित राजवंशी शून्यमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । आफ्नो कोटाको पूरा चार ओभरमा १८ रन मात्रै खर्चेका जितेन्द्रले काठमाडौंका लागि किफायती बलिङ गरे । त्यस्तै, रायन बुर्लले २ तथा गुल्शन झाले २ विकेट लिए ।
काठमाडौंका कप्तान सन्दीप ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले ४ ओभर बलिङ गरेर ३२ रन खर्चिँदा विकेट लिन सकेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार