ईपीएलमा बर्ल र गुर्बाजको आक्रमक ब्याटिङमा काठमाडौंको विजयी सुरुआत
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार ०:१९:३९
९ असोज, काठमाडौं । रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ मा विजयी सुरुआत गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो ।
ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे ।
सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो । सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे । १२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित ७० रनको साझेदारी गरका थिए । बर्लले ३३ बलमा ३ चौका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे । यसअघि पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १ सय ६४ लक्ष्य दिएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनायो । काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडेका थिए । आइतबार ईपीएलमा दुई खेल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार