एभरेस्ट प्रिमियर लिग क्रिकेट : ललितपुरको दिन थिएन !
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार ०:२६:४६
रमेश सुवेदी
९ असोज, काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ क्रिकेट टि ट्वान्टी-२० प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स शहरी प्रतिद्वन्द्वी काठमाडौं किङ्स इलेभनसँग ७ विकेटले पराजित भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान सन्दीप लामिछानेले सुरुमा फिल्डिङ गर्ने निर्णय लिए । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले सुरुवाती बलमै युवा कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमायो । मध्यक्रमका ब्याटर पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ललितपुरको इनिङ समालेका थिए ।
सर्राफ कार्कीद्वयको लामो पाटनर्सिपमा साबिक बिजेता ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको थियो । १५८ रनको टार्गेटसहित जवाफी ब्याटिङमा आएको काठमाडौं किङ्स इलेभनले दुई बिदेशी खेलाडीको आक्रमण ब्याटिङ मद्दतमा १४ ओभर ३ बलमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रीदीको साथ पाएको काठमाडौंको लागि अफगानिस्तानका ओपनिङ ब्याटर रहमानुल्लाह गुर्बाजले ३६ बलमा ५९ रन बनाए । यस्तै चौथो नम्बरमा ब्याटिङ गर्न आएका जिम्वाम्बेका आक्रमक ब्याटर रायन बर्लले ३४ बलमा ७३ रनको अविजित पाली खेले । उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।
यसअघि काठमाडौंले सुरुवातमै दुई खेलाडी रन आउटमा गुमाएको थियो । जुन समय साविक विजेता ललितपुरले खेलमा पुनरागमन गर्ने निश्चित थियो । काठमाडौंका ओपनर सुभाष खकुरेल र अमित श्रेष्ठ २ ओभरभित्रै आउट भए ।
त्यसपछि गुर्बाज र रायनले काठमाडौंलाई जितसम्मको यात्रा तय गरेका थिए । जसका कारण ललितपुरले कुनै पनि समय खेलमा फर्कने मौका नै पाएन । एक प्रकारले भन्दा शनिबार साविक विजेता ललितपुरको दिन नै थिएन ।
‘आजको दिन हाम्रो दिन थिएन । हामीलाई २०-३० रन कम भयो । छिटै विकेट गएर पनि हामीलाई गाह्रो भयो,’ ललितपुरका कप्तान कुशल मल्लले भने ।
खासमा ललितपुरलाई प्रतियोगिताको दुई दिन अघिनै झड्का लागेको थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्लले पूर्वसन्ध्यामा आएर ब्यक्तिगत कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । यता, पहिलो पटक घरेलु लिगमा कप्तानी जिम्मेवारी पाएका कुशल स्वयम् खेलमा छाउन सकेनन् । उनी पहिलो बलमै जितेन्द्र मुखियाको हातबाट क्याच आउट भएका थिए ।
यसअघि ओमान भ्रमणमा राष्ट्रिय टोलीबाट कीर्तिमानी ब्याटिङ गरेका कुशलले आफूसहित केही ब्याटर नचल्दा हार ब्यहोर्नु परेको बताउँदै आगामी ४ खेलमा सुधार गर्दै फाइनल पुग्ने अपेक्षा राखे । ‘दुई विदेशी खेलाडी र म पनि छिट्टै आउट भए । जसका कारण टिम पछाडि पर्यो । हामी साविक विजेता हौं । फाइनल पुग्ने अपेक्षा छ । प्रेसर केही पनि छैन,’ कुशलले भने ।
यता, काठमाडौंका कप्तान सन्दीपले टिम गेम भएकाले खेल जितेको बताउँदै आगामी दिनमा यस्तै खेललाई निरन्तरता दिने बताए । ‘टिम गेम भयो । धेरै सकारात्मक कुरा भएका छन् । आगामी खेलमा पनि जितको निरन्तर अपेक्षा छ । मेरा लागि टोलीको जित महत्तवपूर्ण छ,’ सन्दीपले भने । अब ललितपुरले दोस्रो खेल १३ असोजमा पोखरा राइनोजसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार