जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन हप्तौ कुर्नुपर्ने बाध्यता
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार ०:४८:७
एसवी थापा
९ असोज, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको थेगिनसक्नु भिड लागेको छ । अनियन्त्रित भिड बड्न थालेपछि सेवाग्राहीहरुले एउटा नागरिकताको प्रतिलिपि लिनसमेत हप्तौ कुर्नु परेको गुनासो गरेका छन् ।
एसईईका बिद्यार्थीले लिने नयाँ नागरिकता र आरक्षणको सिफारिस तथा नेपाल सरकारले सुरु गरेको राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियानका कारण जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको हो । कार्यालयमा नयाँ नागरिकता र प्रतिलिपि निकाल्न आउनेको संख्यामात्र दिनहुँ सयौं हुने गरेको प्रशासन कार्यालयले जनाएको छ । भिडले कोभिड १९ संक्रमणको जोखिमसमेत बढाएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, का मनोज महतो शुक्रवार बिहान सातै बजे जिल्ला प्रशासन कार्यालयको गेटमा लाईन लागेको भेटिए । त्यति बिहानै आउँदा पनि आफु पुग्नुपर्ने फाँटको झयालसम्म पुग्न उनने ७५ जनालाई छिचोल्नु पर्ने भयो । मनोजले यसरी लाइन लाग्न थालेको १५ दिन बढी भइसक्यो । अझै प्रतिलिपि पाउने अत्तोपत्तो छैन । उनको नागरिकता अक्षर नचिन्ने भएको छ । अक्षर देखिने बनाउन उनले जिल्ला प्रशासन कार्यालयको दैनिक चक्कर लगाई रहेका छन् । ‘अब पनि यसरी कति दिन चक्कर लगाउनु पर्ने हो ?’ मनोजले भने, ‘यही पालो कुर्दाकुर्दै यो शैक्षिक सत्र सकिएला भन्ने चिन्ता भइसक्यो ।’
ब्रह्मपुरी गाउँपालिका–२, का नुना कापरको श्रीमतीको नागरिकतामा फोटो नचिनिने गरी खुइलिएको छ । गाउँमा राष्ट्रिय परिचय पत्र बनाउने टोली आएको थाहाँ पाएपछि उनी पनि श्रीमतीलाई लिएर विवरण दिन पुगे । तर, टोलीले नागरिकताको फोटो नचिनिने भएकोले पहिला नागरिकताको प्रतिलिपि लिएर आउन अह्रायो । उनी सबै काम छोडेर जिल्ला प्रशासन कार्यलय धाउन थाले । कापरले यसरी कार्यालयको चक्कर लगाउन थालेको ८ दिन भइसक्यो । तर, नागरिकताको प्रतिलिपि पाइएको छैन ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको आफू जस्तालाई यसरी दैनिक धाउन निकै सकस भएको शुक्रवार जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएका अर्का सेवाग्राही चम्फा देवीले बताइन् । चन्द्रनगर निवासी चम्फादेवीको पनि छोराको नागरिकता बनाउनु छ । छोरालाई आरक्षणमा कतै क्याम्पस भर्ना गर्न पाइन्छ कि भनेर नागरिकता बनाउन ८ दिनदेखि प्रशासन कार्यालयको चक्कर लगाएको उनले सुनाइन् । चम्फा देवीजस्ता धेरैले प्रशासन कार्यालय परिसरमा डेरा डण्डा लगाएका छन् ।
बिहान ६-७ बजे नै जिल्ला प्रशासन कार्यालय पुगेर साँझ ५ बजेसम्म लाइनमा बसेर साझ रित्तै हात फर्कनु उनीहरुको दैनिकी बनिसकेको छ । ‘आफ्नै देशको नागरिक हुँ भनेर प्रमाणित हुन निकै सकस छ,’ एक सेवाग्राहीले गुनासो गरे । बलरा नगरपालिका निवासी राम जनम रायले आफू दैनिक २ घण्टा यात्रा गरेर सदरमुकाम आउने गरेको सुनाए । नयाँ नागरिकता तथा नागरिकताकोे प्रतिलिपिका लागि प्रशासन कार्यालय आउने सेवाग्राहीको यो दैनिकी नै बनिसकेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण आफूहरुले समयमा सेवा पाउन नसकेको उनीहरुको गुनासो छ । कार्यालयका कर्मचारीहरुलाई पटक पटक अनुरोध गर्दा पनि नसुनेको उनीहरुले दुखेसो गरे । ‘कर्मचारीहरु हाम्रो कुरा नै सुन्दैन्न,’ अर्का सेवाग्राही हरिसरण महतोले भने, ‘भोलि आउनु मात्र भन्छन् । कहिलेको भोली आउनु ? पहुँच भएका चिनेजानेका हामीभन्दा पछि आउनेले काम गरेर लगिसके, हामी आएको छौँ, गएको छौँ कहिलेसम्म रु’
यता सरकारले सुरु गरेको राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन अभियानका कारण भिड बढेको प्रशासन कार्यालयले जनाएको छ । गत शैक्षिक सत्रमा एसईई सम्पन्न गरेका विद्यार्थीलाई अघिल्लो कक्षामा भर्नाको लागि नागरिकता एवं आरक्षण कोटाको लागि आवश्यक सिफारिसका कारणसमेत सेवाग्राहीको भिड बडेको सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलेले जानकारी दिए । ‘सामान्य समयमा भन्दा अहिले ५० औं गुणा सेवाग्राही बढेका छन्,’ उनले भने, ‘त्यसैले भिड देखिएको हो । तथापी हामी मिलाउने प्रयास गरिरहेका छौं । छिटै योे समस्या समाधान हुन्छ ।’
परिचय पत्र बनाउन नागरिकतामा विवरण सच्याउने, फोटो नबुझिने भएका र स्टिकर उप्किएका सेवाग्राहीको प्रतिलिपीका कारण भिड बढिरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । कर्मचारी दरबन्दी नै न्यून रहेको त्यसमा पनि दरबन्दी अनुसारको कर्मचारी नहुदा सेवाग्राही र कार्यालयलाई थप समस्या भएको उन्को भनाइ छ । ‘कर्मचारीहरुसमेत धमाधम समायोजन हुने र जाने गरिरहेका छन् । आउनेको अत्तोपत्तो छैन,’ उनले भने ।
बाहिर अत्यधिक सेवाग्राहीको भिड भएपछि कर्मचारीसमेत आत्तिने भएकाले काम गर्न निकै समस्या भएको उनले उल्लेख गरे । प्रतिलिपि दिँदा पनि उनीहरुको विवरण भिडाउनुपर्ने, गलत विवरण सच्याउदा थप सचेत हुनुपर्ने भएकाले पनि ढिलाई हुने गरेको उनको भनाइ थियो । ‘थोरै ध्यान दिन नसके भोलि विवरण सच्याउने नाममा गलत काम हुने चिन्ता झन बढेको छ,’ उनले भने, ‘निकै ढड्डा भिडाउनुपर्ने हुन्छ । हामीले चाहेर पनि काम छिटो गर्न सकिरहेका छैनौ ।’
जिल्लाको हरिवन र बरहथवामासमेत ईलाका प्रशासन कार्यालय सञ्चालन भइरहेको भए पनि जिल्ला प्रशासन कार्यालयले जिल्लाको ६० प्रतिशतभन्दा धेरै स्थानका सेवाग्राहीलाई सेवा दिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार