क्रान्तिकारी र गौरवशाली कांग्रेस पार्टीको वर्तमान लफङ्गा नेतृत्व
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार १:४३:३९
अविश्वास, अकर्मन्यता, सिद्धान्तहिनता र लोकतन्त्रका सारा विधि–विधानलाई तिलाञ्जली दिएर कालो अध्याय स्थापना गर्ने क्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा पार्टी कब्जा गर्ने चटारो र हाँफझाँप देखिएको छ । हाल जिल्ला र स्थानीय तहका पार्टी अधिवेशनको कार्यक्रम चलिरहेको छ ।
कांग्रेसभित्र अब त अविश्वासको पारो यति बढेर गईसक्यो कि अधिकांश कांग्रेसजनमा सभापति शेरबहादुर देउवा तथा उनको ‘भोजन मण्डली’ तथा ‘भजन मण्डली’ले कांग्रेसको यस महाधिवेशनलाई महाधिवेशनकै रुपमा सम्पन्न हुन दिन्छन् भन्नेमा विश्वास नभएको देखाईसकेका छन् ।
यसैको परिणाम तथा प्रभाव स्वरुप कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गरेका छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायत दुई दर्जनभन्दा बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र हालै पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । यस्तो पत्र दर्ता हुनु नै सभापति देउवाको नियत माथि गम्भीर अविश्वास तथा आशंका घनीभूत भएको द्योतक हो ।
नेताका वरिपरि माफिया, तस्कर, दलाल, भ्रष्ट, चाकरीबाज, लठैत र दासहरूको बोलवाला छ भने त्यहाँ निष्ठावान कार्यकर्ताको के महत्व ! नेपाली कांग्रेसभित्र नेता–निर्मित अस्त ब्यस्तता दिनदिनै घनीभूत भईरहेको छ । यो पार्टीभित्र दलीय संस्कार वा संगठनात्मक चरित्रको पूरै विध्वंश भइरहेको छ ।
उक्त पत्रमा पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसको १४ औं महाधिवेशनको निर्धारण गरिएको मिति आगामी फागुनभित्र सम्पन्न गर्ने प्रमुख दायित्व पनि नेतृत्वकै भएको जनाइएको छ । पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरित भएका काम तथा निर्णयहरु तत्काल खारेज गर्न पत्रमा माग गरिएको छ । नेताका वरिपरि माफिया, तस्कर, दलाल, भ्रष्ट, चाकरीबाज, लठैत र दासहरूको बोलवाला छ भने त्यहाँ निष्ठावान कार्यकर्ताको के महत्व ! नेपाली कांग्रेसभित्र नेता–निर्मित अस्त ब्यस्तता दिनदिनै घनीभूत भईरहेको छ । यो पार्टीभित्र दलीय संस्कार वा संगठनात्मक चरित्रको पूरै विध्वंश भइरहेको छ ।
देउवा पक्षले अर्को पक्षलाई पूरै निषेध र निमिट्यान्न पार्ने नियत र षड्यन्त्र रचेपछि प्रहरीको कडा सुरक्षा घेरामा कांग्रेसको वडा अधिवेशन गराउनु पर्ने अवस्थाले देउवाकै राजनीतिक पराजय र दयनीय अवस्थालाई झल्काईरहेको छ । तर नैतिकता र आदर्शलाई बाधक वा बेकारको कुरा ठान्ने देउवालाई यस्ता कुराले छुदैन । आफ्नो अभिमान बढाउँदा पार्टीको स्वाभिमान गिरेको अनुभूति नगर्ने उनी जस्ता नेताबाट कांग्रेसको स्वाभिमानको अपेक्षा गर्नु, त्यस्तो अपेक्षा गर्नेकै राजनीतिक मूर्खता ठहर्छ ।
गत १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले महाधिवेशन सम्पन्न भएपछि प्रक्रिया पुर्याई दिने भनेर राखिएका क्रियाशील सदस्यताका सम्बन्धमा प्रक्रिया पूरा गराई सबैलाई तत्काल क्रियाशील सदस्यता दिन पार्टीका सबै जिल्ला र निकायहरूमा तुरुन्त पठाउनुपर्ने पत्रमा उल्लेख छ । ‘जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फर्महरू केन्द्रीय परिपत्र अनुसार जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र माताहतका निकाय प्रमुखलाई क्रमशःदिनुपर्ने व्यवस्था भए पनि कतिपय जिल्लामा विधान विपरीत निकटस्थ व्यक्तिलाई सिधै दिई मनपरी गरिएको छ । क्रियाशील सदस्यताको वितरण वडा र गाउँस्तरीय वैधानिक व्यवस्था अनुरुप नै हुनुपर्छ, अन्यथा स्वीकार्य हुँदैन’ पत्रमा उल्लेख छ ।
पार्टीका भ्रातृ र शुभेच्छुक संस्था विधान विपरीत हचुवा पाराले चलेको र पार्टी नेतृत्वकै आडमा कैयौं भ्रातृसंस्था विना अधिवेशन निष्क्रिय बसेका उल्लेख गर्दे तिनको अधिवेशन यथाशीघ्र गराई सक्नुपर्ने र भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधिमात्र पार्टीको केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्न पत्रमा उल्लेख छ ।
अरुको पार्टी फुटेको दुर्दशा हेरेर देउवालाई सच्चिन मन रहेन छ भन्ने यथार्थले उनी स्वयं सत्ताको लागि कांग्रेसलाई इतिहासमा पहिलो पटक २०५९ मा फुटाएको घटनाका रचनाकार भएकोले वर्तमानमा समेत त्यही मानसिकताबाट पार्टी सभापति पदमा विराजमान नभएको निष्कर्ष बन्न पुग्छ । नेपालको राजनीतिक इतिहासमा आफ्नो पार्टी फुटाएर हिंडेको व्यक्ति त्यही पार्टीमा फर्केर सर्बोच्च पदाधिकारी भएको रेकर्ड नै छैन । तर गिरिजाप्रसाद कोइरालाको तानाशाही निगाहको कारण देउवालाई पार्टीको सभापति बन्न तालुमा आलु फलेको बुझ्न गाह्रो छैन ।
अर्को पक्षबाट गम्भीर आशंका र अविश्वास
वरिष्ठ नेता पौडेलको समूहले पार्टीको समायोजन सम्पन्न भइसकेका पार्टीका केही जिल्ला कार्य समितिले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई फाइल बुझाइ सक्दा पनि क्रियाशील सदस्यता वितरण प्रक्रियामा नै अवरोध सृजना गर्नुका पछाडि निर्वाचन समितिको निष्पक्ष जिम्मेवारीप्रति पनि प्रश्न उठाएको छ । कांग्रेसमा विलय हुने अन्य राजनीतिक पार्टीका सदस्यका सम्बन्धमा पनि विधानविपरित पद वितरण गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धि जथाभावी निर्णय गरी विभिन्न मितिमा जिल्लामा परिपत्र गरेको भन्दै नेता पौडेल समूहले ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसका संस्थापक नेता, आधुनिक नेपालका अधिष्ठाता एवं प्रजातान्त्रिक आन्दोलनका अतुलनीय योद्धा सुवर्ण शम्शेरको समकक्षी बनाउँदै कम्युनिस्ट नेता झलनाथ खनाललाई ‘राष्ट्र गौरव विभूषण’ दिने घोषणा, प्रचण्ड पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई ‘प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाबाट भएको चाकरी संस्कार तथा तावेदारी मानसिकताको द्योतक सिवाय केही होइन ।
सभापति देउवालाई संवोधन गरिएको उक्तपत्रमा यो पनि भनिएको छ, पार्टीको महासमितिको बैठकले पारित गरेको पार्टी विधानको मसीन सुक्दै सो विधानले निश्चित व्यवस्था गरेको २८ विभागलाई बढाएर ४८ विभाग पुर्याइएको र कार्यकालको अन्तिम समयमा अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडिएको नेता पौडेल समूहको आरोप छ । पार्टीका भ्रातृ र शुभेच्छुक संस्था विधान विपरीत हचुवा पाराले चलेको र पार्टी नेतृत्वकै आडमा कैयौं भ्रातृसंस्था विना अधिवेशन निष्क्रिय बसेका उल्लेख गर्दे तिनको अधिवेशन यथाशीघ्र गराई सक्नुपर्ने र भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधिमात्र पार्टीको केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्न पत्रमा उल्लेख छ ।
यसैगरी विदेशस्थित जनसम्पर्क समितिहरुको पनि विधिसम्मत र केन्द्रीय कार्य समितिको निर्णयानुसार अधिवेशन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराउन माग गरिएकाे छ । उल्लेखित विषयहरुका सम्बन्धमा पटक–पटक लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण गराइ सकिएको र सभापति देउवाले यही असोज १९ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक अवधिसम्ममा न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ तदारुकता नदेखाएमा वैधानिक सङ्घर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने पत्रमा उल्लेख छ ।
आज पनि कांग्रेसको स्वाभिमान गिराउँदै, माओवादी र माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टीप्रति देउवाको निर्लज्ज तर लज्जास्पद चाकरी, गर्नेलाई भन्दा देख्नेलाई कुरीकुरी लाग्दो भईरहेको छ । कांग्रेसका संस्थापक नेता, आधुनिक नेपालका अधिष्ठाता एवं प्रजातान्त्रिक आन्दोलनका अतुलनीय योद्धा सुवर्ण शम्शेरको समकक्षी बनाउँदै कम्युनिस्ट नेता झलनाथ खनाललाई ‘राष्ट्र गौरव विभूषण’ दिने घोषणा, प्रचण्ड पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई ‘प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाबाट भएको चाकरी संस्कार तथा तावेदारी मानसिकताको द्योतक सिवाय केही होइन ।
कांग्रेसमा नेता निर्मित दुर्गतिको नतिजा आज सभापति देउवाकै गृहजिल्ला डडेलधुराकै कार्यकर्ता समुदायमा प्रदर्शित भइसकेको छ । देउवा पक्षले अर्को पक्षलाई पूरै निषेध र निमिट्यान्न पार्ने नियत र षड्यन्त्र रचेपछि प्रहरीको कडा सुरक्षा घेरामा कांग्रेसको वडा अधिवेशन गराउनु पर्ने अवस्थाले देउवाकै राजनीतिक पराजय र दयनीय अवस्थालाई झल्काईरहेको छ । तर नैतिकता र आदर्शलाई बाधक वा बेकारको कुरा ठान्ने देउवालाई यस्ता कुराले छुदैन । आफ्नो अभिमान बढाउँदा पार्टीको स्वाभिमान गिरेको अनुभूति नगर्ने उनी जस्ता नेताबाट कांग्रेसको स्वाभिमानको अपेक्षा गर्नु, त्यस्तो अपेक्षा गर्नेकै राजनीतिक मूर्खता ठहर्छ ।
यस्ता नेताबाट कांग्रेसको महाधिवेशन, यसका लोकतान्त्रिक आदर्श र परम्परा अनुरुप निष्पक्ष, पारदर्शी, न्यायोचित र स्वच्छ तरिकाले हुनसक्छ भन्ने अपेक्षा गर्ने आधार नै रहँदैन । अबको नेतृत्वपनि देउवालाई नै दिने र नेतृत्वबाट यस्तै गतिविधि निर्वाध चलिरहने हो भने ‘कांग्रेस’ नामको पार्टी त रहला तर निर्णायक राष्ट्रिय शक्ति हुन कदापि सक्दैन । चौधौं महाधिवेशनमा यस्तो नेतृत्वबाट कांग्रेसलाई मुक्त राख्न नसक्ने हो भने आगामी दिनमा कांग्रेसप्रतिको जनविश्वास बत्ती बालेर खोज्दा पनि पाइने छैन । चेतनाभया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार