वीरगञ्जमा राजपुत समुदायको भेला सम्पन्न
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार १:५५:५१
९ असोज, वीरगञ्ज । बारा जिल्ला समन्व्य समितिका सभापति नवलकिशोर सिंहले सबै राजपुत एक जुट भएर जानुको बिकल्प नरहेको बताएका छन् । नेपाल राजपुत सेवा समितिको शनिबार वीरगञ्जमा सम्पन्न बिशेष भेलालाई सम्बोधन गर्दै सभापति सिंहले राजपुत समाजको भवन जिमार्ण भईरहेको सन्दर्भमा यसकार्यले समाजको अस्तित्वमा थप बल पुग्ने बताए । अब दिनमा पछाडी फर्केर हेर्न जरुरी नरहेको बताए ।
होेटेल कुम्मु प्यालेसका संचालक तथा समाजमा पुर्व अध्यक्ष पीपी सिंहको कोरोनाको संक्रमणका कारण निधन भएकोमा प्रमुख अतिथि सभापति सिंह वहाँको तस्बीरमा पुष्प सहित श्रृद्धाञ्जली अपर्ण गरे । भेलालाई सम्बोधन गर्दै बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंहले भवन निमार्णकार्यले गति लिएको भन्दै प्रसंशा व्यक्त गरे । काम गदै जादा सामान्य त्रुटी भएपनि गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए। ईतिहास निमार्णमा सबै भुमिका बराबर हुने भएको हुनाले सबैको साथ जरुरी रहेको उनकाे भनाई रहेको छ ।
त्यस्तै देवताल गाउँपालिकाका प्रमुख चन्दन सिंहले समाजको भवन निमार्णमा शुभकामना दिदै समाजमा आफनो पारिवारी सहयोग निरन्तर रहने बताए । कार्यक्रममा भवन निमार्णको प्रगती तथा अर्थ संकलनको बारेमा महासचिव सुरेन्द्र सिंह र कोषाध्यक्ष नगनारायण सिंह प्रस्ट पारे। कार्यक्रममा सतिश सिंह राजपुत, हाहुकुम सिंह राजपुत, उदय प्रताप सिंह, श्रीभगवान सिंह, अव्धकिशोर सिंह, अनिल सिंह, जमुना सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शनिबारको कार्यक्रममा करिब ५ लाख रुपैया संकलन भएको बताईएको छ भने कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष जटेश्वर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन संचारकर्मी राजेन्द्र सिंहले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार