चलचित्र पत्रकार सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार २:११:४२
९ असोज, काठमाडौं । नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ ।
बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले दिएका छन् ।
बिभिन्न साप्ताहिक,मासिक, पाक्षिक पत्रिका हुदै टेलिभिजन तथा नयाँ पत्रिका दैनीकमा लामो समय पत्रकारिता गरेका सुवेदी र पछिल्लो केही बर्षयता रातोपाटी डटकममा कार्यरत गिरीले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
‘नेपालको शान,संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागीएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनीक भइसकेको छ । बिभिन्न ३६ बिधामा अवार्ड प्रदान गरिने अवार्डले नेपाली गीतसंगीतको प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन प्रभावशाली भूमिमा खेल्ने बिश्वास आयोजक संस्थाको छ । अवार्ड समारोहमा गीतसंगीत, चलचित्र लगायतका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिको उपस्थिति रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार