सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार २:१६:४९
९ असोज, काठमाडौं। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ ‘एन.बि.अन्जान’ को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लकडाउनका कारण रिलिज रोकिएको थियो।
सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर रहेको छ। गीतमा शब्द नारायण नेपालको र संगीत सुर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ।
अब चलचित्र दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस राणा,बिपना बस्नेत,सुवाष गजुरेल,सुनिल कटुवाल,सबिता रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।
दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन्। कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन्। आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्।
चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ। गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार