आज इपीएलमा विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार १५:८:७
१० असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ क्रिकेटको दोस्रो दिन आज आइतबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरार्ष्ट्रिय खेल मैदानमा हुने चौथो संस्करणको दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।
बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमनेसामने हुने छन् । चितवन सोमपाल कामीको कप्तानीमा खेल्दै छ भने विराटनगरको कप्तानी करण केसीले गर्ने छन् । पहिलो खेलमा दुबै टोलीको लक्ष्य सुखद सुरुवात हुनेछ । दुबै टोलीलाई राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडीको साथ रहनेछ ।
दिउँसो १:३० बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमनेसामने हुने छन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्ने छन् ।
शनिबारदेखि सुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार