इपिएल क्रिकेट : चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हरायो
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार १९:३३:४२
१० असोज, काठमाडाैं । एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-२० क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्रास्ट्रिय खेल मैदानमा आइतबार बिहान भएको पहिलो खेलमा १५२ रनको लक्ष्य पाएको चितवनले १९ ओभर पाँच बलमा आठ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो ।
चितवनको जितमा राजेश पुलामी मगरले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बलमा दुई छक्का र एक चौका प्रहार गरे । भीम सार्कीले ३० रन बनाए । विस्फोटक ब्याटिङ गरेका भीमले ११ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । दिलीप नाथले २३ रन र करिम जन्नतले १९ रन जोडे । कप्तान सोमपाल कामीले नौ रन बनाए ।
विराटनगरका सिकन्दर राजाले दुई विकेट लिए । चार ओभर बलिङ गरेका राजाले ३४ रन खर्चिए । कप्तान करण केसीले दुई विकेट लिए । प्रतिस जिसी, अनिल खरेल, रायन पठानले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रन बनाए । जिम्बाबेका मध्यक्रमका ब्याटर राजाले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे ।
अनिल शाहले ३२ रन बनाए । उनले ३१ बलमा एक छक्का र तीन चौका हिर्काए । सौरभ खनालले अविजित ३० रन बनाए । उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । विराटनगरका ओपनर आसिफ शेख र सुमित महर्जन डकआउट भएका थिए ।
टस जितेर बलिङ गर्ने निर्णय लिएको चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जन्नतले समान दुई–दुई विकेट लिए । शाहब आलमले एक विकेट हात पारे । जितसँगै चितवनले महत्त्वपूर्ण दुई अंक प्राप्त गर्यो ।
आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमने सामने हुने छन् । भैरहवा शरद भेषवाकर र पोखरा विनोद भण्डारीको कप्तानीमा छ । शनिबारदेखि सुरु भएको ईपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार