इपिएल : वर्षाले प्रभावित खेलमा पोखरा र भैरहवाले अंक बाँडे
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २२:१०:०
१० असोज, काठमाडौं । वर्षाका कारण एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको छ ।
पोखराले १० ओभर एक बलमा ६५ रन बनाएर सात विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । वर्षा नरोकिएपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको हो । वर्षाले बाधक खेलमा दुवै टोलीले एक-एक अंक बाँडे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तीब्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निरीह बनेको थियो । तीन ओभर बलिङ गरेका दुर्गेशले एक मेडन ओभरसहित १६ रन खर्चिएर तीन विकेट लिएका थिए ।
यस्तै धमिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले एक(एक विकेट लिएका थिए । पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै विवेक यादवले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।
पोखराका रिचार्ड लेभी, कप्तान विनोद भण्डारी, लोकेश बम र केसरिक विलियम्स डक आउट भएका थिए ।
शनिबारबाट सुरु भएको इपिएल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभन विजयी भएको थियो । काठमाडौंले सहरी प्रतिद्वन्द्वी ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो ।
यस्तै आज भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गर्यो । प्रतियोगिताको तेस्रो दिन तथा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार