घटनाको सत्यतथ्य पत्ता नलागेसम्म पुष्पाको शव आफन्तले नबुझ्ने
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २२:१२:१०
दिलकुमार लिम्बू
१० असोज, ताप्लेजुङ । गएको शुक्रबार ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ दोखुको निगाले भीरमा फेला परेको पुष्पा तबेबुङ लिम्बूको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी १८ वर्षीया पुष्पाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तले बताएका हुन् ।
घटनास्थलको प्रकृति हेर्दा छोरीको हत्या नै भएको मृतकका बुबा वीरबहादुर लिम्बूले बताए । पीडित पक्षको उपस्थिति बिना नै घटना स्थलबाट शव उठाउनु पनि शंकास्पद भएकोभन्दै घटनाको सत्यतथ्य पत्ता लगाउनेतर्फ प्रहरी प्रशासन अग्रसर नदेखिएको पनि लिम्बूले आरोप लगाए ।
किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्ता गरेकाले घटना अझ रहस्यमय भएको उनको भनाइ छ । घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासनले अझै तदरुकता नदेखाए आफूहरू आन्दोलनमा उत्रने मृतकका आफन्तको चेतावनी छ । घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासनलाई दबाब दिनका लागि मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायत सबै पक्षलाई सहयोग गर्न पनि पीडित परिवारले आग्रह गरेको छ ।
चाँडै सत्यतथ्य पत्ता लगाउने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा विषादीको बट्टा भेटिएकाले आत्महत्या भएको हुनसक्नेसमेत प्रहरीको अनुमान छ । शवको पोष्टमार्टम गर्न नपाएकाले पनि घटनाको अनुसन्धानमा केही बाधा पुगिरहेको एक प्रहरी कर्मचारीको भनाइ छ ।
मृतक पुष्पा सदरमुकाम फुङ्लिङ बजारको बिहीबारेमा बसेर भानुजन माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत थिइन् । डेरा बसेको क्षेत्र बिहीबारेदेखि करिब आधा घण्टाको दूरीमा उनको शव भेटिएको थियो । शव शुक्रबारदेखि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार